कला

सिनेमा हल सुनसान, ‘आमा’ र सेन्टी भाइरस प्रदर्शनमा

काठमाडौँ  । कोरोना महामारीको कारण बन्द भएको सिनेमा हल सरकारले खोल्ने अनुमति नदिए पनि आफै खुलेका छन् । हरेक हप्ता नयाँनयाँ फिल्म चल्ने सिनेमा हल अहिले धेरैजसो ठप्प रहेका छन् । नेपाल चलचित्र सघले पुष १० गतेबाट हल खोल्ने निर्णय गरेको हो । तत्काल नयाँ फिल्म चलाउन निर्माताहरु कोही तयार नभएका कारण हलमा पुरानो फिल्म चलाइराखेका छन् । पुरानो फिल्म चलेकै कारण हलहरु प्राय सुनसान छन् । पुरानो फिल्मको असर होला सायद हलमा दर्शकहरुको उपस्थिती न्युन देखिन्छ । 

सरकारले तोकेको स्वास्थ्यका मापदण्ड अपनाएर हल सञ्चालनमा ल्याउदा पनि उल्लेख्य दर्शकहरु फिल्म हेर्न गएका छैनन् । हाल ‘आमा’ र सेन्टी भाइरस प्रदर्शनमा रहेका छन् ।  नयाँ फिल्म रिलिज नभएसम्म दर्शकहरु हलमा आउन नसक्ने हल सञ्चालकहरु बताउँछन् । तर, फिल्म निर्माता भने आफ्नो फिल्म प्रदर्शन गर्न मानिरहेका छैनन् । 

माघ १ गते बाट भने दर्शकहरुले नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न पाउने भएका छन् । यो फिल्मले दर्शकहरुलाई हलमा तान्ने सञ्चालकहरुको विश्वास रहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत