गाउँ सहर

दसैंकाे नवमीसम्म सुनसान काठमाडौं

  • २८ असोज बिहीबार, २०७८ | १६:४५:०० मा प्रकाशित

काठमाडाैं । नेपालीहरूको महान् पर्व विजयादशमी मनाउन आमसर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै नवमीकाे दिनसम्म काठमाडौं सुनसान भएको छ ।

बडादसैँ तथा तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा उपत्यका सुनसान भएको हो । तर तर असन, इन्द्रचोक, वसन्तपुर लगाएतका स्थानहरुमा भने भिडभाड नै छ ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसल प्रायः बन्द छन् ।

काठमाडौंमा मानिसको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली, महाबौद्धलगायत ठाउँमा पसल बन्द छन् ।

दसैँमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

सार्वजनिक गाडी निक्कै कम मात्रै चल्दा सडक सुनसान बनेका छन् । निजी गाडीको चाप पनि निक्कै कम छ, सडकमा ।

तपाईँको मत