कत्ति पनि लापरबाही नगराैँ, कोरोना महामारी निकट भविश्यमा पनि सकिँदैन: डब्ल्यूएचओ
- गाउँ सहर संवाददाता
- २९ असार बुधबार, २०७९ | ०८:४४:०० मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताएका हुन् ।
अहिले पनि भाइरस खुलेआम दौडिरहेकाले कुनै पनि बेला अर्को लहर आउनसक्ने उनले चेतावनी समेत दिए । विश्वमा अहिले पनि संक्रमण हुने क्रम जारी रहेको र संक्रमितहरु थपिईरहेको भन्दै उनले स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीहरुमाथि थप दबावको अवस्था दोहोरिन सक्ने बताए ।
भाइरसले जति दबाव दिन्छ उत्ति नै हामीले पनि प्रतिकार गर्नुपर्ने उनकाे भनाइ छ । साथै उनले महामारीको सुरुवाती समयमा भन्दा अहिले विश्व धेरै नै राम्रो अवस्थामा रहेकाे पनि बताएका छन् । तर अहिले पनि लापरवाही गर्ने अवस्था भने नरहेकाे उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस