गाउँ सहर

काठमाडाैं उपत्यका भित्रका सडक सुनसान

काठमाडौं । दसैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यका भित्रका सडक सुनसान देखिएका छन्। 

दसैंको सप्तमीमा केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ। दसैं मनाउन सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो। दसैं मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो। 

सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन्। 

गाउँ सहर संवाददाता

तपाईँको मत