प्रेरणा

सत्य बोल्नुपर्ने कुरा सबैलाई थाहा छ तर पालना गर्न सजिलो छैन

काठमाडौँ । सत्य बोल्ने अनि गर्ने भनेर जो कोहिको मुखराविन्दबाट निस्किएपनि व्यवहारमा सोनुसार नहुँदा समाज बिग्रँदै गएको छ । त्यसमा पनि व्यक्ति त झनै ।

यसै प्रसंगमा रामायणबाट केहि कुरा सिकौँ ।

एक दिन वशिष्ठ ऋषिले भरतसँग भने- तिम्रो पिता राजा दशरथजस्तै कुनै अर्को सत्यवादी न भएका छन्, न भविश्यमा हुनेछन् ।

यसै सम्बन्धमा आजका विद्वान चर्चा गर्छन् कि वशिष्ठले किन त्यस्तो भने ? के केवल राजा दशरथ सत्यवादी थिए ? या उनी श्रीरामका पिता थिए यसकारण उनलाई सत्यवादी मानिएको हो ? त्यसोभए श्रीकृष्णका पिता वासुदेव सत्यवादी थिएनन् ?

वशिष्ठले राजा दशरथलाई सबैभन्दा ठूला सत्यवादी बताए, यसको एकमात्र कारण छ । जीवनमा सत्यको लागि ठूलो दृढ संकल्प हुनु पर्दछ । राजा दशरथ सामू यस्तो परिस्थिति थियो कि उनले सत्यलाई बचाएको भए राम वनवास जान्थे र यदि उनले रामलाई बचाएको भए उनको सत्यव्रत टूट्थ्यो । त्यो समय दशरथले सत्यलाई बचाए र रामलाई वनवास पठाए ।

ठिक यस्तै परिस्थिति वासुदेवसँग पनि भएको थियो । वासुदेवले कंसलाई बचन दिएका थिए कि आठौँ सन्तान उनलाई दिने । तर जब आठौँ सन्तानको जन्म भयो ति बच्चालाई मथुराबाट गोकुल पुर्याइयो । वासुदेवले कृष्णलाई बचाए र सत्यलाई छाडिदिए ।

दशरथ यसकारण महान मानिन्छन् । किनकी उनले सत्यलाई बचाए र पुत्र वियोगमा आफ्नो प्राण त्याग गरे । हाम्रो लागि प्राण त्याग्नुको अर्थ यो होइन कि सत्यको लागि जीवन समाप्त गरुँ, तर सत्यलाई बचाउनको लागि पूरै तागत दिनु जरुरी छ ।

गाउँ सहर डेस्क

तपाईँको मत