प्रेरणा

मन भारी भए र रुन मन लागे नलुकाउनुहोस्, रोए बोझ बाहिर निस्कन्छ अनि मन हलुका हुन्छ

काठमाडौँ । जस्तै मै हुँ भन्ने मानिसको पनि मनमा चोट लाग्न सक्छ । जीवनमा कयौँ परिस्थिति हरेकको लागि बोझ बन्ने गर्दछ । यस्तो विषम अवस्थामा आँसु बहाउँदा मन शान्त हुन सक्छ, यसकारण रुन मन लागे रुनुहोस् ।

यसै प्रसंगमा महाभारतबाट केहि सिकौँ ।

महाभारतमा कौरव र पाण्डवबीच युद्ध भइरहेको थियो । युद्धको दशौँ दिन अर्जुनले भीष्म पितामहलाई यतिधेरै बाण प्रहार गरे जसले उनको शरीर थिलथिलो भएको थियो । भीष्मको लागि बाणको शैय्या बनेको थियो ।

भीष्मलाई इच्छा मृत्युको वरदान मिलेको थियो । यसकारण उनको सो समय मृत्यु भएन । भीष्मले तय गरेका थिए, जब युद्ध सकिन्छ तब सूर्य जब उत्तरायण हुन्छन्, तब म प्राण त्याग गर्नेछु ।

भीष्मको लागि सो स्थानमा एक अलग शिविर बनाइएको थियो । दैनिक काैरव र पाण्डव पक्षकाहरु उनीसँग भेट्दथे । युद्धमा पाण्डवको जीत भयो । यसपछि भीष्म पितामहसँग भेट्नको लागि त्यहाँ पुग्दा पितामहको आँसु थामिएका थिएनन् ।

पाण्डवले भीष्मसँग सोधे- तपाईंको आँखामा आँसु किन ?

भीष्मले भने, तिमीहरुले जित्यौ तर तिम्रै हातले तिम्रा भाई मारिए । मेरै सामु मेरो वंश समाप्त भयो । यसकारण मेरो मनमा ठूलो बोझ छ । म सोच्छु कि जसको रथको कमान्ड स्वयं भगवान श्रीकृष्णको हातमा छ, जुन पाण्डवलाई श्रीकृष्णले पूर्ण संरक्षण दिए, ति पाण्डवको जीवनमा पनि यतिनै कष्ट आएका छन् । म यहि सोचेर आँसु झारिरहेको छु कि दुःख त सबैको जीवनमा आउँछ नै । हामीले यसको सामना गर्नु पर्दछ । म अहिले आँसु झारिरहेको छु तर मेरो मन हल्का भइरहेको छ ।

यसकारण भारी मन राखेर जीवन कहिलेसम्म बिताउने ? जब मनमा बोझ हुन्छ र रुन मन लागे रुनुहोस् । आँसु बगाउँदा मन हल्का हुन्छ र बोझ बाहिर निस्कन्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत