ब्लग

भावी पुस्ताको आँसु र श्रापले हाम्रो यो पुस्ताले बाटो पाउने छैन


संसदीय व्यवस्थाको अप्रिय रबैया हावी भएन भने तपाईं हामी कसरी ब्युँझिने र यो तन्त्र विरुद्द विद्रोह गर्ने ? सत्ताले दमन गरेन भने विद्रोहको दीपक निभ्छ नि !
विश्व दृष्टान्तबाटै सुरु गर्ने अनुमति चाहें । जर्मनीमा हिट्लरको दमन नचलेको भए हिट्लर अन्त्यमा आत्महत्या गरेर मर्दैन थियो । उसले अनगिन्ती मान्छे मार्‍यो र सुरुमा आफ्नी प्रेमीकालाई साइड्नाइट खुवायो अन्तिममा आफुले आफैँलाई गोली हानेर अस्तायो ।

हो, यहि दृस्टान्त जस्तै हो सत्र हजारका बलिदानका नाइकेको अन्तिम चुरिफुरी ! यसैले जनतालाई हामीले सचेतना भर्नको निम्ति हाम्रा आवाज अपूर्ण बन्दै गए भने दलाल सत्ताले अधिनायकवाद लाद्दै आयो भने पक्कै पनि जनता चिर निन्द्राबाट जरुर ब्युँझिने छन् र साम्राज्यवादका गोटीहरु, उपनिवेशवादका गुलामहरु र विस्तारवादका घोडचढीहरु जरुर समाप्त हुनेछन् ।

यो धर्तीमा ३ चिज कोहि कसैले छिपाउने ताकत छैन ।
१. सत्य

सत्य यस्तो हो जसलाई समाप्त पार्न सकिन्न । केही समय भ्रमले छोप्न सकिन्छ तर कालान्तरमा अभियुक्तले सबै सत्य उजागर गर्न विवश हुन्छ । सत्यलाई न कुनै आतंकवादले मार्न सक्छ न त नष्ट नै ।

२. सूर्य
३२ बिलियन डिग्री तापक्रम भएको सूर्यलाई कोहि कसैको शक्तिले बन्धक बनाउन सक्दैन । रात्रीकालीन समयमा ती असत्यहरुले भन्नेछन् हामीले सूर्यलाई गायब बनायौं तर बिहानको मिर्मिरे उज्यालोसँगै पूर्वी डोरो फटाउदै पश्चिमबाट अस्ताउने हाम्रो सभ्यतालाई कोहि कसैले समाप्त पार्न सक्दैन । जब बिहान हुन्छ ती झूठहरु पर्दाफास हुन्छन् ।

३ चन्द्रमा
चन्द्र्मा शिवको शिरको जस्तै सानो धनुस जस्तो भएर उदाउँछ र पूर्णिमामा पुरै गोलो भएर हराउँछ । अनि औँसीमा असत्हरुले भन्नेछन् हामीले चन्द्रमा गायब बनायौं, निरिहहरुले विश्वास गर्नेछन्, लाटासोझाले पत्याउँनेछन् तर कालान्तरमा पुनः उसै गरि उदाउँछिन् चन्द्रमा जसलाई गायब बनाउने ताकत कसको ?

हामी आज एक्काइसौं शताब्दीको आभास गर्न पुगेका छैनौँ । आज हामी बेलायती संसदीय व्यवस्थाको नवौं शताब्दीमा छौँ,आज हामी अमेरिकी साम्राज्यवादको मान्छे बेच्ने अठारौँ शताब्दीमा छौँ र आइ एम द स्टेट भन्ने लुईको अहंकारी शासनमा छौँ । हो, त्यही लुई हो तथाकथित प्रचण्ड नामक बलिदानको व्यापारीको शासन ।

जसले लोकतान्त्रिक गणतन्त्रको भजन अलाप्छन् तर यो लोकतान्त्रिक नभएर अधिनायकवाद हो । अधिनायकवाद कमजोर भयो भने प्रचण्ड भन्ने चिज तर्सिन्छ, छट्पटीन्छ, हाल उनी छट्पटएका छन् । लर्बरिएका छन् । जनताको अधिकारको नाममा उनको आफन्ततन्त्र लाद्न खोज्छन् । यसकारण उनैको आइडिया हो कि  समानुपातिक आदि ।

जस्तै अप्रिय पात्रलाई पनि सांसद बनाइदिन मिल्ने र हाम्रो रगतपसिना पिउँदै चुस्त मोटाउने र जनता दुब्ला बनाइदिएर गरिबलाई कुपोषणको सिकार बनाउँदासम्म उनले उपलब्धि अलाप्न छोड्दैनन् । यसर्थ: विद्रोह अत्यावश्यक भैसकेको छ ।

सारा जनतालाई आफ्नो जनता नसम्झिनेले आफ्ना मान्छेलाई समेट्छन र जनतालाइ पंगु बनाइदिन्छन् । जनतालाई पंगु बनाउने, झुठका व्यापार गर्ने, बलिदानको खेलो गर्ने, कुकुरको मासु बेच्न खसीको टाउको देखाउने व्यवस्था मात्रै बन्याे संसदीय व्यवस्था । हिजो जनता भ्रमित हुनुकै वजह हजारौँको ज्यान गयो आज सयौँको ३६५ दिने दसैं र मस्ती  भयो । त्यही मस्तीले जनतालाई सास्ती भयो ।

विद्रोह सफल हुन सबैभन्दा पहिला देशका नागरिकमा सचेतना हुनु जरुरी छ । जनता अचेत भएपछि जनताले पाउने पुरस्कार नै कुशासन हो । यदि आज यो लोकतान्त्रिक व्यवस्था थियो भने जनताले सुख पाउँथे, शासक राष्ट्रप्रेमी हुने थियो तर यो लोकतान्त्रिक नभएर व्यवहारमा अलोकतान्त्रिक व्यवस्था भयाे संसदीय व्यवस्था ।

अलोकतान्त्रिक व्यवस्थामा शासकको कुर्सीको लडाइँ, कर्तुत छिपाउने एकता आदि हुन्छ । जनताबाट नांगिसकेपछि उनीहरु फरक धार पनि एकै धार बन्छन् र राज्यको ढुकुटी दोहन गरिरहन्छन् ।

विदेशीलाई नमन र देशवासीलाई दमन गर्दै उनिहरु बिदेशी लाहुरे जस्तो बन्छन् । जनताका सुदिन आउन सयौं वर्ष लाग्ने खाले राजनिती गर्छन् भने उनी शासकहरु रातारात सम्पन्न बन्छन् । आज हाम्रो देशमा यहि विडम्बनाका जुरे पहिराहरु धमाधम लडिरहेका छन् । आर्थिक वृद्धिदर ओरालो मात्रै हैन देश नै विदेशीको ऋणले डुबिसक्यो र अनुदान तन्त्रमा सत्ता थेग्न गाह्राे भएर अनमोल र अमूल्य युवा उर्जामात्र निर्यात गरेको छैन यो व्यवस्थाले कृषिप्रधानको गरिमा नै कू भैसकेको अवस्था छ र त ९७ प्रतिशत खाद्यान्न आयात गर्न विवश भयौँ हामी ।

मुलुकमा  गरिबीका कारण  नियमित आत्महत्याको शृङ्खला चलिसकेको छ । छिटै आत्मघाती पनि दिन नबिराई नपड्केलान् भन्न सकिन्न । अनुदान, विदेशी ऋण र रेमिटेन्सले समेत नधान्ने अवस्थामा देश पुग्दा संघीयता जोगाउन खोज्ने कुशासक युगपुरुष र राष्ट्रनायक भजाउनेहरुले देशलाई दलदलमा पुर्याउन थप बल प्रदान गरिरहेका छन् । लाेकतान्त्रिक व्यवस्थाकाे अलाेकतान्त्रिक व्यवहारमा अल्मलिने हाे भने नयाँ पुस्ताको आँसु र श्रापले हाम्रो यो पुस्ताले बाटो पाउने छैन ।

तपाईँको मत