क्रिसमस मनाउँदा अनिवार्य मास्क लगाउनु : डब्लुएचओ
- गाउँ सहर डेस्क
- २ पौष बिहीबार, २०७७ | ११:५०:०० मा प्रकाशित
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।
क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो । संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।
विगतमा खुल्लारुपमा क्रिसमस मनाउन पाइएको भएपनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ । क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरी अझ बढ्ने खतरा भएको हुँदा चिन्ता व्यक्त गरिएको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्वन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ ।
उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनु पर्ने र सँगसगै काम गर्नुपर्ने तर्फ पनि संगठनले सवैको ध्यानाकर्षण गराएको छ । “हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ”, संगठनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ । बिदा वा चाडपर्व मनाउन सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै बास्यस्थानमै मनाउन र बाहिर जानै परेमा मास्को पूर्ण प्रयोग गर्न संगठनले सबैलाई अनुरोध गरेको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस