डब्लुएचओ महानिर्देशक डा. टेड्रोसद्वारा राष्ट्रिय सभा अध्यक्ष, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेटवार्ता
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १८:५६:०० मा प्रकाशित

काठमाडाैँ। नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्यमन्त्री बिरोध खतिवडासँग भेटवार्ता गरेका छन्।
राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासँगको भेटमा गेब्रेयससले सांसदहरुलाई कोरोना महामारीविरुद्ध लड्न जनचेतना जगाउने काममा तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंशा गरे।
परराष्ट्रमन्त्री खड्कासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशकले गरेको भेटमा क्षेत्रीय निर्देशक सिंहले नेपालले सन् २०२२ को मध्यसम्म ७० प्रतिशत जनतालाई कोरोना खोप लगाइसक्ने दिशामा आफूलाई अग्रसर गराएकोमा प्रशंशा गरिन्।
स्वास्थ्यमन्त्री खतिवडासँग भएको भेटमा डब्लुएचओ टोलीले टाइफाइड कन्जुगेट भ्याक्सिन लगाउने कामको शुरुवात गरेकोमा बधाई दिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस