ओमिक्रनबाट अझै धेरै खतरा : डब्लुएचओ
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १५:५५:०० मा प्रकाशित
काठमाडाैं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनबाट अझै धेरै खतरा रहेको औल्याएको छ । बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको हो ।
डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ । यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ ।
पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेपछि डब्लुएचओको धारणा आएको हो । फ्रान्समा मात्र गएको २४ घन्टामा एक लाख ८० हजार संक्रमित थपिएका छन् ।
भारत, थाइल्यान्डलगायत देशहरुमा पनि कोरोना संक्रमित संख्यामा वृद्धि भएको छ । कोरोना भाइरसको तेस्रो लहरका रुपमा भारतमा सतर्कता अपनाइएको छ । दिल्लीमा शैक्षिक संघसंस्था बन्द घोषणा गरिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस