‘जीवन नै रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो’ – डब्लुएचओ
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १२:००:०० मा प्रकाशित
काठमाडाैं । ओमिक्रोन भेरियन्ट विश्वव्यापी रूपमा फैलिएकोले आफ्ना छुट्टीका योजना रद्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आग्रह गरेको छ ।
डिशेम्बर २५ मा क्रिसमस एवम् नयाँ वर्षलाई लक्षित गरी डब्लुएचओले जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो रहेको भन्दै यस्तो चेतावनी दिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले भने,‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो ।’
ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको भन्दै उनले कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु राम्रो रहेको बताएका छन् ।
फ्रान्स र जर्मनीसहित कैयौं राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेब्रेयससको पछिल्लो भनाइ आएको हो। नेदरल्याण्डले त क्रिसमसका अवसरमा कडा लकडाउन नै लगाउने निर्णय गरेको छ ।
केही देशले भने प्रतिबन्ध नलगाउने जनाएका छन्। जसले संक्रमणलाई अझै तिव्र गतिमा फैलाउनसक्नेमा गेब्रेयससले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन् । सोमवार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले देशलाई बन्द गर्नेु योजना नबनाएको जनाएको छ । बिबिसी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस