अर्थतन्त्र

प्रहरीद्वारा ५२ लाखको ६५ किलो अबैध चाँदी बरामद

पर्सा । प्रहरीले सुन पसलबाट ५२ लाखको ६५ किलो अबैध चाँदी बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएको ६५ किलो चाँदीका तयारी गहना पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको जय नरसिहँ ज्वेलर्सको भवनमा सुनिता कुमारी सरार्फले सञ्चालन गरेको पसलमा छापा मारी उक्त परिमाणको चाँदी बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद चाँदीको बजार मुल्य ५२ लाख रहेको छ । अबैध चाँदी भण्डारण गरि राखिएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कोठामा रहेको फल्स वाल भित्र लुकाई राखीएको उक्त परीमाणको चाँदी बरामद गरेको जनाएको हो।

मेशिनबाट बन्ने रेडिमेड चाँदीका गहनाहरु भारतबाटै बनेर आउने गरेको छ । प्राय नेपालबाट भारततर्फ चाँदी जाने गरेको र तयारी गहनाहरु भारतबाट नेपालमा भित्रिने गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत