गाउँ सहर

दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद

काठमाडाैं । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित पक्राउ परेका छन्।

निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको हाे ।

सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। 

 दीपक खड्का र रामकुमार धिमाल रहेको उनले जानकारी दिए । सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा उनीहरूको साथबाट बन्दुक भेटिएको हो । 

‘ठूले स्वीडेन’ लेखिएको कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ ।

उनका अनुसार अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत