अर्थतन्त्र

माउन्टेन इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि शेयर कारोबार हुने

काठमाडौँ । माउन्टेन इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु १०० भएको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो । 

धितोपत्र सूचीकृरण विनियमावली २०७५ बमोजिम हिजोको निर्णय अनुसार उक्त आईपीओ सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 

नेप्से र उक्त कम्पनी बीच आज धितोपत्र सूचीकरण सम्झौता भएको र भोलिबाटै नेप्सेमा शेयर कारोबार शुरु हुने बताएको छ । 

शेयर कारोबारका लागि ११४ रुपियाँ ८१ पैसादेखि ३४४ रुपियाँ ४३ पैसा ओपन रेञ्ज तोकिएको नेप्सेद्वारा  प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत