समाज

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा मिनिट्रकका चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर रहेका छन् । हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्दा उनी पक्राउ परेका हुन् ।

कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ना २ ख २८६८ नम्बरको गाडी एकतर्फी बाटोमा विपरीत चलाएपछि पुनमगरले २५० रुपैयाँ दिन खोजेका थिए ।

थप अनुसन्धानको लागि मगरलाई  महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाएको महाशाखाले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत