स्वास्थ्य

यस्तो अवस्थामा बेसारको प्रयोग बन्द गर्नु राम्रो 

गर्भवती अवस्था वा शिशु जन्मेको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुन्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या आउन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित तथा सक्रिय पार्न सहयोग गर्दछ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम  गर्दछ । यस्तो अवस्थामा बेसारको प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. पत्थरी : पित्त थैलीमा पत्थरी भएका वेला बेसार सेवन गर्दा दुखाई बढी हुन्छ । पित्तथैलीको पत्थरी भएकाले खानामा बेसार कम गर्दा दुखाई कम हुन्छ ।

२. शुक्रकिट :  खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाएका पुरुष तथा महिलाले खानामा बेसारको प्रयोग धेरै नगर्नु राम्रो मानिन्छ ।

३. अप्रेसन : शरीरमा कुनै प्रकारको अप्रेसन गरिएको समय छ भने खानामा बेसारको मात्रा पूरै बन्द गर्नुपर्दछ । बेसारले रगत जम्न दिँदैन । त्यसकारण अप्रेसनपछि  बेसार खाइरहे घाउबाट रगत बगिरहने हुँदा यो अवस्थामा बेसारको प्रयोगलाई राम्रो मानिदैँन ।

गाउँ सहर डेस्क

तपाईँको मत