समाज

एफबीआई गुप्तचरमाथि गोली प्रहार

एजेन्सी । अमेरिकाको लुजियानामा एक एफबीआई एजेन्ट (गुप्तचर) लाई गोली हानी हत्या गरिएको छ ।  यसै शिलशिलामा ओहायो हत्या काण्डका संदिग्ध पनि मारिएका छन् ।

गुप्तचरले उक्त संदिग्ध व्यक्तिको गिरफ्तारीको हुकुम जारी गरि खोजमा निस्केका थिए जहाँ पीडितको घरबाट उक्त संदिग्धले छोरीलाई पनि अपहरण गरेको सूचना प्राप्त गरेका थिए । खोजी कार्यमा उक्त संदिग्धसंग जम्काभेट हुँदा एफबीआई एजेन्ट घाइते भएका थिए । अपहरणमा परेकी महिला सुरक्षित लुजियानालाई एक अतिथि गृहमा फेला पारिएको एजेन्सीले जनाएको  छ । 

लुइसियानाको पाइनभिलमा मंगलबार गोली चलेपछ घाइते एजेन्टलाई अस्पताल लगिएको थियो। एफबीआईले बुधबार ओहायोमा पत्रकार सम्मेलन गरी उक्त घटनाको जानकारी दिएका छन् भने गुप्तचरको अवस्थाका  बारेमा थाहा नभएको बताएका छन् ।

ओहायोको एक्रोन बाल अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिका (नर्स) की आफ्नी ६९ वर्षीया आमा नोर्मा मटको ओहियो स्थित घरमा गोली हानी मारिएको अवस्थामा भेटिएको थियो । त्यस समयदेखि उनी बेपत्ता भएकी थिइन् ।

अधिकारीहरूले क्लेभल्याण्डका ४७ बर्षिय जेम्स हले र ४५ वर्षीय निकोल ब्रोनोव्स्कीलाई खोजी गरिरहेका थिए ।उनीहरूका अनुसार हले र ब्रोन्वस्कीबीच पहिले सम्बन्ध रहेको जनाएका छन् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत