कला

पूजा गर्दा ध्यान दिनैपर्ने कुरा

काठमाडौँ । हामी मन्दिरमा तथा घरमा दैनिक पूजा गर्ने गर्दछौ । पूजा गर्दा हामीले केही नियमको पालना गर्नु आवश्यक छ । हामी जो कोही एक न एक धर्ममा बाधिँएका छौँ । त्यसकारण कुनै पनि कार्य गर्दा नियमको पालना गर्नु जरुरी हुन्छ । हामीले पूजा गर्नु पूर्व  केही नियमको पालना गर्नुपर्दछ ।

१. शौचः शौचको अर्थ शरीर र मन बाहिर र आन्तरिक पवित्रतासँग हुन्छ । शौचको अर्थ राम्रोसँग मल मुत्र त्याग्नु पनि हो ।  शौच तथा  शुद्धतालाई शुद्धि, विशुद्धता, पवित्रता र निर्मलता भन्ने बुझिन्छ । जब व्यक्ति शरीर, मन, वचन र कर्मबाट शुद्ध रहन्छ तब उसको शरीरमा सकरात्मक उर्जा र देवताको आर्शीवाद प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ ।

२. नुहाउँनुः पूजा गर्नु अगाडी शरीरलाई शुद्ध गर्नुपर्छ । माटो, त्रिफला वा नीम,तुलसी लगाएर निर्मल जलले स्नान गर्दा शरीर शुद्ध हुन्छ । १० छिद्रलाई सफाई गर्नुपर्छ । १० छिद्र मध्ये आँखा, नाक, कान, मुख, नाभि र गुप्तांग पर्दछन् ।

३. धोतीः  कुनै पनि समयमा पूजा वा आरती गर्दा शरीरमा सेतो कपडा धारण  गर्ने चलन छ । यसलाई प्राचिन समयदेखि चलिआएको नियम भन्दा पनि फरक नपर्ला । हिन्दु धर्ममा कुनै पनि प्रकारका पुजा–अर्चना गर्दा श्रद्धालुले धोती लगाउँनु अनिवार्य छ  । धोती बिना पूजा कर्मकान्ड पूर्ण नहुने मान्यता रहीआएको छ ।

४. शरीर शुद्धः  मन्दिर प्रवेश गर्नुपुर्व वा पूजा गर्नु पूर्व एक पटक शरीर शुद्ध गर्नुपर्छ ।

५. आमचन गर्नेः आमचनको अर्थ जल पिउनु हो । प्राथना, दर्शन, पूजा, यज्ञ आदि आरम्भ गर्नुपुर्व शुद्धिको लागि मन्त्र पढ्दै जल पिने कार्यलाई आमचन भनिन्छ । यसो गर्दा  ह्दयको शुद्धता हुन्छ । पूजापाठ तथा धर्मले नकरात्मक उर्जालाई निस्कृय पारी घरपरिवार तथा शरीरमा नयाँ ऊर्जाको आगमन हुने कुरा धर्म शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

धार्मिक ग्रन्थको सहयोगमा ।

 

गाउँ सहर डेस्क

तपाईँको मत