स्वास्थ्य

विश्वभर १ लाख ५ हजार काेराेना संक्रमितकाे अवस्था गम्भीर, १ कराेड ७७ लाख जनामा भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ७७ लाख ४६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड १९ लाख ८१ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ४८ हजार ९४२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ३४ लाख ५४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजार ४६४ को अवस्था गम्भीर छ । अहिलेसम्म ७९ लाख ४५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५२ लाख ३७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९३ लाख ५१ हजार २२४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३६ हजार २३८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८७ लाख ५८ हजार ८८६ जना निको भएका छन् । सक्रिय केस ४ लाख ५६ हजार १०० जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६२ लाख ३८ हजार जना संक्रमितमध्ये ५५ लाख ३६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७१ हजारभन्दा बढी छन् । हाल ५ लाख २९ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख २९ हजार ३४३ जना पुगेका छन् भने २ लाख ९ हजार ४३५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ४३५ पुगेको छ भने १८ हजार ४७३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत