स्वास्थ्य

बालबालिकालाई भिटामिन  ‘ए’ खुवाइँदै

काठमाडाैँ । नियमित कार्यक्रम अन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’  खुवाउने कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउनुका साथै बालबालिकाको पाखुराको नापसमेत  लिइने छ ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको हो । 

२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने  ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ ।  भिटामिन ’ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहने महाशाखाले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत