स्वास्थ्य

तुलसी सेवनका फाइदाहरु

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात आज  तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हिन्दु धर्ममा तुलसीलाई सबैले आफ्नो घरघरमा रोपेको देख्न सकिन्छ साथै यसको प्रयोगलाई समेत पवित्र मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

१. तुलसीको सफा पातलाई पिँधेर निकालिएको रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम जस्ता रोगलाई कम गर्नमा यसले ठूलो राहत दिन्छ । 

२. बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।

३. मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्राम दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।

४.  ज्वरो तथा रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा निकै फाइदा हुन्छ ।

५.  रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग सेवन गर्नाले रोग लाग्नबाट बच्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।

६. किटाणुनाशक शक्ति भएका कारण यसको पातलाई लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लगाउनाले दुखाइ कम गर्नुका साथै संक्रमण हुनबाट बचाउँछ । 

७. तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट छुटकरा मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत गर्दछ ।

एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत