स्वास्थ्य

विश्वभर काेराेना संक्रमित २ कराेड ८८ लाख जना निकाे, १० लाख ९० हजारकाे मृत्यु, ६९ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ८४ लाख १६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ८९ लाख ४० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ८३ लाख ४७ हजार नाघेको छ भने मृतकको संख्या १० लाख ९० हजार १९३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६९ हजार ११९ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ८० लाख ८९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख २० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५२ लाख २६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २६ लाख ४३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७२ लाख ३७ हजार ८३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख १० हजार ६१७ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६२ लाख ९८ हजार ७०५ जना निको भएका छन् । सक्रिय केस ८ लाख २७ हजार ७६० जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५१ लाख १४ हजार जना संक्रमितमध्ये ४५ लाख २६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ५१ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख १५ हजार ३५८ जना पुगेका छन् भने ७८ हजार ७८० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ६ सय ४६३ पुगेको छ भने ३५ हजार ९१५  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत