स्वास्थ्य

हरेक नयाँ संक्रामक रोगमध्ये तीन कारण जनावर, मांसाहारी खानामा पानीको नास १५ गुणा बढी

काठमाडौँ । संसार कोरोनाभाइरसँग जुधिरहेको छ । हामीले सन् २०२० को आधा समय संक्रमणबाट डराएर गुजारिसकेका छौँ । महामारीको समयमा हामी ‘वर्ल्ड भेजिटेरियन डे’ मनाइरहेका छौँ । कोरोना सुरुवात हुँदा भनिएको थियो कि कोरोना चमेरा हुँदै सालक र मानिसमा सर्यो । यसकारण जनावरबाट सर्ने अधिक भाइरसहरुले अबका दिनमा बहस गर्नैपर्ने भएको छ कि के मासु खाने बानीले मानिसको लागि खतरा भइरहेको त छैन ?

सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार— हामी दैनिक कुनै न कुनै जनावरको सम्पर्कमा आइरहन्छौँ, तर जनावरमा हुने केहि किटाणुले हामीलाई विरामी बनाउन सक्छ । जनावरबाट मानिसमा पुग्ने जम्र्सबाट हुने विरामीलाई जूनोटिक भनिन्छ । यी जम्र्सको कारण मृत्युपनि हुन सक्छ ।

सिडीसीका अनुसार, जूनोटिक विरामी धेरै सामान्य हुन्छ । वैज्ञानिकको अनुमान यो छ कि १० मध्ये ६ जना भन्दा बढि संक्रमण जनावरको माध्यमबाट मानिसमा फैलन सक्छ । यसको अलवा हरेक नयाँ ४ संक्रमक रोगमध्ये ३ जनावरबाटै आउँछ ।

तपाईंले ननभेज खाँदा मानिसहरु भोकै रहन्छन्

पेटाका अनुसार— भोजनको लागि जनावरलाई जन्माउनु वा पालना गर्नु धेरै खराब हो । किनकी जनावरले बढि अन्न खाएर थोरै मासु, डेरी उत्पादन वा अण्डा उपलब्ध गराउँछन् । जनावरको एक किलो मासुको लागि १० किलो अन्न खुवाउनु पर्छ ।

वर्ल्ड वाच इन्स्टिच्यूटका अनुसार— संसारमा जहाँ ६ मध्ये १ व्यक्ति भोकै रहन्छन् । यस्तो अवस्थामा मासुको उत्पादन गर्नु अन्नको गलत उपयोग हुन जान्छ । यदि अन्नको प्रयोग सिधै मानिसमा गरे, यो बढि प्रभावी हुन्छ ।

पेटाका अनुसार— प्लान्ट वेस्ड डाइटले संसारबाट भोकमरीलाई अन्त्य गर्न सक्छ । उसका अनुसार, सन् २०५० सम्म अनुमानित ९०० करोड मानिसको लागि धर्तीमा पर्याप्त खाना हुनेछ । तर यस्तो सम्भव त्यतिबेला हुन्छ जब अन्नको ४०% उत्पादन भोजनको लागि पालिएका जनावरको सट्टामा मानिसमा काम आउँछ । उसका अनुसार— शुद्ध भेजिटेरियन भोजनको लाग दैनिक ११३७ लिटर पानीको आवश्यकता हुन्छ । तर मांसाहारी भोजनको लागि दैनिक १५ हजार भन्दा बढि पानी चाहिन्छ ।

धेरै रोगको कारण मासु

डब्लूएचओको अनुमान अनुसार— हरेक वर्ष जूनोसिसको कारण करिब १०० करोड मानिस विरामीको शिकार हुन्छन् र लाखौँले ज्यान गुमाउँछन् । मासुका कारण मुटुको रोग, मोटोपना, क्यान्सर, डायबिटीज र यहाँसम्म कि नपुंसकता पनि हुनसक्छ । शोधका अनुसार भेजिटेरियन डाइट लिने व्यक्तिमा क्यान्सरको सम्भावना ५०% कम हुन्छ ।

शाकाहारी खाना अवलम्बन गर्ने इच्छा भए यी टिप्स मनन् गर्नुहोस्

शाकाहारीको यात्रा तय गर्ने हो भने उत्प्रेरित रहनुहोस, राम्रो खानाको खोजी गर्नुहोस्, विस्तारै ननभेज छाड्नुहोस्, नयाँ खाना योजना बनाउनुहोस्, जंक फूड नखानुहोस्, अन्य खानाको स्वाद लिनुहोस्, परिवार र साथीभाइको भूमिका लिनुहोस् र मज्जा लुट्नुहोस् ।

यसकारण फाइदाजनक र स्वस्थ जीवनको लागि मांसाहारी भन्दा शाकाहारी धेरै उत्तम हुने विज्ञको भनाई र गराई छ । यस्तो सम्बेदनशील कुरामा पक्ष र विपक्ष भन्दापनि तपाईंको स्वास्थ्यसँग सम्बन्धित विषय रहेकाले तपाईंले दिगो स्वास्थ्य विकासको यात्रा तय गर्दा लाभ होला । 

विश्व शाकाहारी दिवसको शुभकामना ।

गाउँ सहर डेस्क

तपाईँको मत