स्वास्थ्य

नाकबाट लगाइने ‘भ्याक्सिन’ कोरोना रोक्नमा ९६% प्रभावी भएको अष्ट्रेलियन फर्मको दावी

जनावरपछि मानिसमा परीक्षण गर्ने तयारी

नाकबाट लगाइने भ्याक्सिनले कोरोनाभाइरसलाई ९६% सम्म रोक्न सक्छ । 

यो दावी अष्ट्रेलियाको कम्पनी एना रेस्पिरेट्रीले गरेको छ, जसले यो भ्याक्सिन तयार गरेको हो ।

कम्पनीका अनुसार— भ्याक्सिनको परीक्षण जनावरमा सफल भइसकेको छ । यसले मानिसको प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाएर कोरोना संक्रमण फैल्याउने क्षमतालाई घटाउन सक्छ ।

ब्रिटेनको सरकारी एजेन्सी पब्लिक हेल्थ इङ्गल्याण्डको अनुसन्धान भन्छ— अष्ट्रेलियाको कम्पनीले नेजल स्प्रे ‘आइएनएनए—०५१’ भ्याक्सिनको विकल्पमा प्रयोग गर्न सकिन्छ । यसले ९६% सम्म कोरोना संक्रमण घटाउँछ । कम्पनीका अनुसार— नेजल स्प्रे को मानव परीक्षण ४ महिनाबाट हुनेछ ।

यस्तै चीनमा पनि नाकबाट लगाइने नेजल स्प्रे तयार गरिरहेको छ । चीनले यो भ्याक्सिनको परीक्षण नोभेम्बरमा गर्ने बताएको छ । यसको लागि चीनले १०० स्वयंसेवी छनौट गरिसकेको छ । यूनिभर्सिटी अफ हङ्गकङ्ग, शियामेन यूनिभर्सिटी र बेइजिङ्ग बन्ताई बायोलोजिकल फार्मेसीका बैज्ञानिक मिलेर यो स्प्रे बनाइरहेका छन् ।

हङ्गकङ्ग यूनिभर्सिटीका बैज्ञानिक यूएन क्वोक युङ्गका अनुसार, ‘यो भ्याक्सिनले श्वास लिँदा आउने कोरोनाभाइरसलाई बाटोमा रोक्छ । यसले शरीरको प्रतिरोधात्मक प्रणाली मजबुद बनाउँछ भने संक्रमण फैलनबाट रोक्छ ।’

नाकबाट राख्ने यो भ्याक्सिनबाट इन्फ्लूएन्जा साथै कोरोनाभाइरस दुबैबाट सुरक्षा मिल्ने बताइएको छ । स्प्रे को तिन चरणको परीक्षण सकिन कमसेकम एक वर्ष लाग्न सक्ने बताइएको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत