विश्व

भारतीय बैज्ञानिकको दावी- बिनालक्षण भएका कोरोना संक्रमितबाट कम प्रतिरोधात्मक क्षमता भएकामा संक्रमण फैलिए मृत्युदर बढ्नेछ

  • एजेन्सी
  • १७ भदौ बुधबार, २०७७ | १९:४६:०० मा प्रकाशित

हैदराबाद । कोरोनाका बिनालक्षण अर्थात (एसिम्प्टोमेटिक) संक्रमितमा भाइरसको संख्या धेरै पाइएको छ । यो दावी भारतीय बैज्ञानिकले गरेका हुन् ।

हैदराबादको सेन्टर फर डीएनए फिंगरप्रिंटिग एण्ड डायग्नोटिकका रिसर्चर्सले कोरोनाका २०० संक्रमितमा अध्ययन गरेका छन् । अनुसन्धानका अनुसार इम्युनिटी बढि नै भएपनि एसिम्प्टोमेटिक विरामीमा कोरोनाको असर नदेखिएपनि यिनबाट संक्रमण यस्ता व्यक्तिमा फैलियो जसको इम्युनिटी कम छ भने मृत्युदर पनि बढ्ने छ । 

अनुसन्धानका अनुसार, हैदराबादमा कोरोना संक्रमितबाट भाइरसको नमूना लिएपछि त्यसको जिनोम सिक्वेंसिंग गरियो । रिपोर्टमा द्रूत गतिमा म्यूटेशन भयो । अनुसन्धानकर्ताका अनुसार, ९५% संक्रमितमा कोरोनाभाइरसको २०बी क्लेड स्ट्रेनबाट भएको छ ।

कोरोनाभाइरसको २०बी क्लेड स्ट्रेन को संक्रमण मे देखि जुलाईबीच १००% सम्म भयो । हैदराबादमा यो भाइरसको प्रवेश दोस्रो स्ट्रेनको माध्यमबाट भयो । बिस्तारै बिस्तारै २० बी ले आफैँ तयार गर्यो र मे देखि संक्रमण फैल्याउन सुरु गर्यो ।

२० बी स्ट्रेन भएको भाइरस स्पाइक प्रोटिनमा परिवर्तन भयो । जसले वर्तमानमा हुने संक्रमणको दर अधिक छ । अनुसन्धानकर्ताले यो भाइरसँग जोडिएको यस्तो म्यूटेशन पहिचान गरे जुन अहिलेसम्म भएको दोस्रो अनुसन्धानमा आएको छैन । 

अनुसन्धानको लागि लिइएको नमूना मे र जुलाईबीचको थियो । यो समय कोरोनाको एसिम्प्टोमेटिक विरामीको संख्या धेरै थियो । जसबाट नमूना संकलन गरिएको थियो उनीहरुको उमेर १५ देखि ६२ वर्षबीच थियो । यसमा ६१% पुरुष र ३९% महिला थिए ।

एजेन्सी

तपाईँको मत