तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- एजेन्सी
- १२ फाल्गुण शनिबार, २०८० | १८:२४:०० मा प्रकाशित

काठमाडाैं । भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।
उत्तर प्रदेशको जयथारा गाउँबाट गङ्गा नदीमा स्नान गर्न जाने तीर्थयात्री बोकेको ट्र्याक्टर गढाई गाउँ नजिकै पोखरीमा खसेको इन्डियन एक्सप्रेसले जनाएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका खबरमा उल्लेख छ ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र पोखरीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।
तीव्र गतिमा रहेको ट्र्याक्टरकाे ट्रली इन्जिनबाट अलग भएर पोखरीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले पनि दुर्घटनाको मुख्य कारण तीव्र गति नै रहेको उल्लेख गरेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाएकाका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारु राहत दिने घोषणा गर्नुभएको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस