विश्व
गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
- एजेन्सी
- २१ पौष शनिबार, २०८० | ०८:२१:०० मा प्रकाशित

इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्।
गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजा विरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० पुगेको छ।
यसैबीच इजरायली सेनाले शुक्रबार "मानवीय कारणका लागि" भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने जनाएको छ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
प्रतिकृया दिनुहोस