विश्व

क्यानाडाले भारतबाट ४१  कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलायाे

  • एजेन्सी
  • ३ कार्तिक शुक्रबार, २०८० | १४:४२:०० मा प्रकाशित

ओटावा । क्यानडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१  कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेका छन् ।

“अहिलेसम्म भारतले भोलि अक्टोबर २० (शुक्रबार) सम्ममा नयाँदिल्लीमा रहेका २१ क्यानडाली कूटनीतिज्ञ र आश्रितबाहेक सबैलाई अनैतिकरूपमा कूटनीतिक उन्मुक्ति हटाउने उसको योजनाबारे औपचारिकरूपमा बताएको म पुष्टि गर्न सक्दछु, यसको अर्थ ४१ क्यानाडाली कूटनीतिज्ञ र तिनीहरूका ४२ आश्रितमाथि कुनै मनमानी मितिमा उन्मुक्ति हटाउने खतरा थियो र यसले उनीहरूको व्यक्तिगत सुरक्षा जोखिममा पर्नेछ”, क्यानाडाली कूटनीतिज्ञहरूको प्रस्थानको पुष्टि गर्दै मन्त्री जोलीले भने ।

दुई मुलुकबीच जारी कूटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानडाली कूटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानडाली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।

एजेन्सी

तपाईँको मत