विश्व

बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान

  • एजेन्सी
  • २२ पौष आइतबार, २०८० | १२:१३:०० मा प्रकाशित

बंगलादेशमा आज आम निर्वाचन भइरहेको छ । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान सुरू भएको हो । मतदान बेलुका ५ बजेसम्म हुने जनाइएको छ ।

संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान भइरहेको हो । एक उम्मेदवारको मृत्यु भएकाले एक स्थानको मतदान स्थगित भएको छ ।

निर्वाचनमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ अवामी लिगले जित हासिल गर्ने करिब करिब पक्काजस्तै भएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का साथै केही राजनीतिक दलहरूले भने यो निर्वाचनलाई बहिष्कार गरेका छन् ।

निर्वाचन बहिष्कार गरेका दलहरूले देशभर आमहड्ताल गर्ने चेतावनी दिएका छन् । निर्वाचन सुरू हुनुअघि आज बिहान बीएनपीका समर्थकहरूले केही स्थानहरूमा मार्चपास समेत गरेका छन् ।

प्रधानमन्त्री हसिनाले राजधानी ढाकास्थित सिटी कलेज मतदान केन्द्रमा मतदान गरिसकेकी छन् । मतदानपछि प्रधानमन्त्री हसिनाले मतदान केन्द्र गएर मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेकी छन् ।

एजेन्सी

तपाईँको मत