प्रेरणा

परिवार फुट्ने यी हुन् कारण, कसरी एकजुट बनाउने ? महाभारतबाट सिकौँ

काठमाडौँ । महाभारतमा पाण्डवको परिवार श्रेष्ठ परिवार थियो । सो परिवारमा ३ कुरा हरेक सदस्यमा थियो । पहिलोः एक अर्काप्रति प्रेम, दोस्रोः समर्पण र तेस्रोः कर्तव्यको भावना ।

आजको परिवारमा यी कुरा हुँदैनन् भन्दापनि हुन्छ वा कम हुन्छ । 

परिवार यस्ता मानिसको समुह हाे जहाँ भौतिक र मानसिक स्तरमा एक अर्कासँग प्रगाढ सम्बन्ध हुन्छ । जो आफ्नो कर्तव्य इमान्दारीपूर्वक निभाउँछन र उदारपूर्वक एक अर्काको लागि त्याग गर्दछन, समस्यामा सहयोग गर्दछन् ।

१. परिवारमा एक अर्काबीच समर्पण

महाभारतमा पाण्डवको परिवार हेर्नुहोस् । माता कुन्ती र पाँच भाई । माताले पहिले आफ्नो कर्तव्य निभाइन् । सौतेनीका दुई सन्तान नकुल र सहदेवलाई पनि आफ्नै बच्चाजस्तै वातावरण दिइन् । संस्कार दिइन् । सबै छोराहरुमा समान व्यवहार दिइन् । कसले के गर्ने जिम्मेवारी तय गरिएको थियो । यहि भएर पाण्डव सुखी रहे । जसको परिवारमा यस्तो समर्पण हुँदैन, त्यहाँ प्रायः वैमानस्यता, छुट्टीने कुरा, भड्कावको स्थिति पैदा हुने गर्दछ ।

२. परिवारको खुसीको लागि आवश्यक यी कुरा

परिवारको खुसी र समृद्धि तबमात्र सम्भव छ जव परिवारका कुनै सदस्य स्वार्थी, विलासी र दुर्गुणी हुँदैन । यदि परिवारमा धर्म, कर्तव्यप्रति आस्था र समर्पण हुन्छ तब एक अर्कामा बुझ्न थप सहयोगी बन्छ । स्वार्थको सट्टा स्नेह, सहयोगको वातावरण फाइदाजनक हुन्छ । कुनैपनि परिवारमा छुट्टिनु, मनमुटाव त्यतिबेला पैदा हुन्छ जब सदस्यमा आफ्नो कर्तव्यको स्थानमा अधिकार पाउने स्वार्थ जकेडिन्छ ।

३. परिवार फुट्नबाट यसरी बचाउन सकिन्छ 

इदि कर्तव्य र अधिकारलाई गहिराइलाई बुझेर यसको सन्तुलन गरेमा परिवार फुट्नबाट बच्छ । जुन परिवारमा कर्तव्यको कुरा आउँछ, त्यहाँ स्नेह, सहयोग, सद्भाव कायम रहन्छ । परिवार सुखी भए रामको परिवार जस्तै वातावरण सबैको हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत