स्वास्थ्य

विश्वभर कोरोना भाइरसबाट ८ लाख ४६ हजारकाे मृत्यु, ६१ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ६८ लाख १० हजार २१७ जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १ करोड ७५ लाख ७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २ करोड ५१ लाख ६४ हजार नाघेको छ भने मृतकको संख्या ८ लाख ४६ हजार ७४३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ६१ हजार ३७० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ६१ लाख ३९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ८६ हजार ८५५ जनाले ज्यान गुमाइसकेका छन् भने १६ हजार २५ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म ३४ लाख ८ हजार भन्दा बढि जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ३५ लाख ३९ हजार ७१२ पुगि विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्रो नम्बरमा छ । संक्रमित मध्ये ६३ हजार ६५७ जनाको ज्यान गइसकेको छ । जसमध्ये २७ लाख १२ हजार ५२० जना निको भएका छन् । ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित ३७ हजार ३४० जना पुगेका छन् भने २० हजार ५५५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २०७ पुगेको छ भने १६ हजार ५७८ जना उपचाररत छन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत