स्वास्थ्य

‘७.६ करोड पुरानो डाइनोसर जसको हड्डी मर्केको भनिएको थियो, त्यसमा क्यान्सर भएको पुष्टि’

काठमाडौँ । पहिलो पटक अनुसन्धानबाट यो कुरा प्रमाणित भएको छ कि डायनोसरलाई पनि क्यान्सर हुन्थ्यो । ७.६ करोड पुरानो डायनोसरको जुन हड्डी मर्केको भनिएको थियो, त्यसमा मेलिगनेंट क्यान्सर भएको पुष्टि भएकाे छ । त्यो हड्डी १९८९ मा क्यानडाको अल्बर्टा प्रान्तमा डायनोसरको जीवाश्मको रुपमा प्राप्त भएको थियो ।

लेंसेट अंकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार, शाकाहारी डायनोसरको यो हड्डीमा विकृत ओस्टियोसारकोमाको कारण भएको थियो । यो हड्डीबाट एडभान्स क्यान्सर हुन्थ्यो । अहिलेसम्म यसलाई विकृति सम्झिरहिएको थियो । यसको ट्यूमर कुनै स्याउको आकारभन्दा ठूलो छ ।

६ मिटर लामो हड्डीमा ट्यूमर

टोरन्टोस्थित रोयल ओंटेरियो म्यूजियमको जीवाणु विज्ञानी डेभिड इवांसका अनुसार, हड्डी ६ मीटर लामो छ । यो हड्डी क्रेटेशियस कालको हो, जब चारखुट्टा भएको डायनोसर शाकाहारी हुन्थे । यो हड्डी खुट्टाको तल्लो भागको मासुको हो । यसमा जुन ट्युमर प्राप्त भयो, धेरै एडभान्स स्टेजको छ । यो स्याउभन्दा पनि ठूलो आकारको छ ।

मानवजस्तै डायनोसर पनि विरामी हुन्थ्यो

लेंसेट अंकोलोजी जर्नलमा प्रकाशित शोधका अनुसार, हुन सक्छ कि ७.६ करोड साल पुरानो सेंटेरोसोरस डायनोसर मृत्युभन्दा अघि क्यान्सरको कारण कमजोर भएको हो । रिसर्चबाट जुनकुरा आएको छ सो अनुसार, डायनोसरमा कयौँ यस्ता रोग भए जुन मानिस र अन्य जनावरमा हुन्छ । यो धर्तीमा अन्य जनावरजस्तै रहन्थे र विरामी झेले ।

अनुसन्धानबाट प्रमाणित भयो, जनावरमा क्यान्सर नयाँ रोग होइन

ओन्टेरिया यूनिभर्सिटीका शोधकर्ता डा. मार्क क्राउथरका अनुसार, कयौं तरिकाका ट्यूमर सफ्ट टिश्यूमा हुन्छन जुन सजिलै जीवाश्मामा परिवर्तन हुँदैन । यसकारण जीवाश्मबाट हामीलाई क्यान्सरको प्रमाण मिलेको छ । रिसर्चको नतिजा बताउँछ कि क्यान्सर कुनै नयाँ रोग होइन, यससँग जोडिएका खतराहरु जनावरमा पनि पाइन्छ ।

के हो अस्टेरियोसार्कोमा

शोधकर्ता डा. मार्क क्राउथरका अनुसार, अस्टेरियोसार्कोमा हड्डीमा हुनेवाला क्यान्सर हो । जुन सामान्यतया बच्चा र युवामा हुन्छ । तर लाग्छ कि डायनोसरमा पनि यसको खतरा थियो । रिसर्च रिपोर्ट बताउँछ कि डायनोसरमा यो क्यान्सर द्रूत गतिमा बढेको थियो । यो क्यान्सरको ट्यूमरले हड्डीलाई तेजीसँग नोक्सानी पुर्याउँछ र अर्को टिश्यूसम्म पुग्दछ ।

सीटी स्क्यानबाट भयो पुष्टि

जीवाणु विज्ञानी डेभिड इवांस भन्छिन्— हड्डीमा देखिएको ट्यूमर स्पष्ट क्षमता भएको सीटी स्क्यानबाट परीक्षण गरियो । जाँचबाट थाहा भयो कि ट्यूमर हड्डीबाट बेरिएको थियो । भलै यसले डाइनोसरको मृत्यु हुँदैन थियो तर उसको हिँड्ने-घुम्ने क्षमता जरुर घट्दथ्यो । एजेन्सीको सहयोगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत