दृष्‍टिकोण

प्रधानमन्त्रीले कुर्सी छाड्ने स्वर्णिम समय

काठमाडाैँ । कुनै गल्ती स्वीकार नगर्ने र आफैँ केहिकाे गाेरेटाेमा हिँड्न वाध्य प्राधानमन्त्री केपी शर्मा ओली अयाेध्या काण्डमा सगरमाथाबाट केचनाकवलमात्र चिप्लिएर पुगेनन्, भारतकाे अयाेध्यामा उनलाई मुर्खसम्म भन्ने स्थानमा पुगे । अहिलेसम्म बनेकाे र बनिबनाउ छवि आफैँ खुइल्याए ।

हुन त समर्थकले अझैपनि विभिन्न कुराले सपाेर्ट नै गर्लान्, तर पार्टीभित्रै अयाेध्या बाेलीले ओली बा गल्न पुग्नुभएकाे छ । उनले साेमबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको जनाएका थिए ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए । उनले बाेलेलगत्तै पार्टी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले उट्पट्याङ कुरा गरेको बताएका थिए । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्- अति गरे खति हुन्छ भन्छन् । प्रधानमन्त्रीका बचन/कर्मले सीमा नाघ्दैछन् । संसदमा सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश/संकटकालको खड्गसमेत उहाँको हातमा छ । उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले अध्योध्याबारे विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएको उल्लेख गरेका थिए । यस्तै नेकपाकै केन्द्रीय सदस्य विष्णु रिजालले पदमा बसेर बेतुकका कुरा गरेपछि राष्ट्रकै शीर झुक्छ भनेका छन् । लेखक खगेन्द्र संग्रौलाले कोरोना महामारीलगायतमा देश आक्रान्त भइरहेका बेला प्रधानमन्त्री ओली छलकारी राष्ट्रवादको नशामा लठ्ठ रहेको बताएका छन् । 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नागरिकस्तरबाट पनि विरोध भएका थिए भने कसैले व्यंग पनि गरेका छन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभुमि अयोध्याबारे दिएको विवादास्पद भनाई २४ घन्टा पनि नबित्दै सच्याउँदै परराष्ट्र मन्त्रालयले मंगलबार यसबारे प्रष्टीकण दिएको छ । मंगलबार ओलीको भनाई सच्याउँदै भारतको अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्य कम नभएको प्रष्टीकरण सरकारले दिएको हो ।

यद्यपि परराष्ट्र मन्त्रालयले मंगलबार थप अध्ययन र अनुसन्धानको खाँचोमात्र प्रधानमन्त्रीले औंल्याएको जिकिर भने गरेको छ । उक्त अभिव्यक्ति कुनै राजनीतिक उद्देश्यका साथ नआएको र कुनै देश र देशवासीको भावनामा चोट पुर्‍याउन व्यक्त नगरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विवाह पञ्चमी मनाउने परम्पराको स्मरण गर्दै हरेक वर्ष भारतको अयोध्याबाट सीताको जन्मभूमि जनकपुर जन्ती आउने उल्लेख पनि आफ्नो विज्ञप्तिमा गरेको छ ।

त्यस्तै दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको तथा नेपालको जनकपुर र अयोध्याबीच सिधा बस सेवा सञ्चालन गरेको स्मरण पनि विज्ञप्तिमा गरिएको छ । ‘यी तथ्यले नेपाल भारतबीचको साँस्कृतिक सम्बन्धको महत्व झल्काएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अयाेध्या बाेलीमात्र हाेइन प्रधानमन्त्रीको बाेलीहरू कहिल्यैपनि गम्भीर देखिएका छैनन्, टुक्का फाल्छन र जग हसाउँछन र हँसाइरहेका पनि छन् । अरूले भनेकाे कुरा नसुन्नु नै उनकाे कमजाेरीले गर्दा बेलामा नबाेल्ने अनि पार्टीकाे झगडा र विपत्तलाई अन्यत्र माेड्न उनी यस्ताे गरेकाे देखिन्छ । संसदकाे बाेली, पार्टीभित्रकाे बाेली, प्रतिपक्षीसँगकाे बाेली, सबैठाउँकाे बाेलीमा ठट्याैलीले कामचलाएका प्रमले काेराेना कहरमा गरेका सम्बाेधनले १ केजी राहत/छुट दिन सकेन । यी सब नजानेर हाेइन जानेरै गरेकाे कुरा सहजै अनुमान गर्न सकिन्छ । तर अब प्रधानमन्त्री ज्यू, यस्ता कर्म नगराैँ कि, बरू आराम गराैँ ।

गाउँ सहर डेस्क

तपाईँको मत