पूर्वाधार

‘हावा नचले पनि कोरोनाभाइरसको कण १३ फिटसम्म जानसक्छ, ३० डिग्रीमा यो वाफ बनेर उड्न सक्छ’

काठमाडौँ । विश्वभरका विज्ञहरु सामाजिक दुरीलाई लिएर ६ फिटको दायराभित्र ल्याउनुपर्ने सुझाव दिइरहेका छन तर भर्खरैको शोधको नतिजा आश्चर्य मान्ने छ । भारतीय र अमेरिकी शोधकर्ताको समूहका अनुसार, कोरोनाको कण बिना हावा (कम) पनि ८ देखि १३ फिटसम्मको दुरी तय गर्न सक्दछ । शोधकर्ताका अनुसार, ५०% आद्रता र २९ डिग्री तापक्रममा कोरोनाको कण वाफ बनेर हावामा बिल्नपनि सक्दछ ।

यो अनुसन्धान क्यानडाको आन्टेरियो यूनिभर्सिटी र क्यालिफोर्निया लस एन्जलस यूनिभर्सिटी र बेंगलुरुको इण्डियन इन्स्टिच्यूट अफ साइन्सका शोधकर्ताले मिलेर गरेका हुन् । शोधकर्ताको लक्ष्य यो पत्ता लगाउनु थियो कि भाइरसमा भएको कणको संक्रमण फैलाउनमा कति भूमिका हुन्छ । समूहलाई भन्नुछ— अनुसन्धानको नतिजा स्कूल र कार्यालयमा सावधानी अपनाउन मद्यतकारी हुनेछ ।

शोधकर्ताका अनुसार, कोरोनासँग बच्नु छ भने केवल सामाजिक दुरीमात्र होइन किनकी संक्रमण फैलाउने भाइरसको कण बिना हावा पनि १३ फिटसम्म जान सक्छ । फिजिक्स अफ फ्लुइड जर्नलमा प्रकाशित शोधका अनुसार, समूहमा कोरोनाको कण फैलने, वाफ हुने र हावामा यसको गति बुझाउनको लागि मेथेमेटिकल मोडल विकसित गरे ।

शोधकर्ताले संक्रमित र स्वस्थ मानिसको मुखबाट निक्लने ड्रोप्लेट्समा अनुसन्धान गरे । यसमा कति समानता छ, यसलाई पत्ता लगाए । खोजबाट यो कुरा आयो कि एक पटक खोक्दा ३ हजार ड्रोप्लेट्स निस्कियाे र जुन फरक फरक दिशामा फैलियो । यस्तै एकपटक हाच्छिउँ गर्दा ४० हजार ड्रप्लेट्स निस्कियो ।

टोरन्टो यूनिभर्सिटीका शोधकर्ता डा. श्वेतप्रोवो चौधरीका अनुसार, यस्तो स्थितिमा यदि हावा चलेमा या दवाब हुन्छ भने अवस्था झनै बिग्रन सक्छ । फैलिने ड्रप्लेट्सको आकार १८ देखि ५० माइक्रोनबीच हुने गर्दछ, जुन मानिसको कपालभन्दा मसिनो हुने गर्दछ । यसकारण यो कुराले पनि प्रमाणित हुन्छ कि मास्कले संक्रमण रोक्न सक्छ ।

शोधकर्ताका अनुसार, अनुसन्धानको यो मोडल शतप्रतिशत यो प्रमाणित गर्दैन कि कोरोना यसरी फैलन्छ तर अध्ययनबाट यो कुराको खुलासा भएको छ कि ड्रप्लेट्स वाष्पित पनि हुन सक्छ र बिल्ने अवस्थामा धेरै संवेदनशील हुने गर्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत