प्रविधि

अमेरिकी टेलिकम रेगुलेटरले भन्यो- हुवावे र जेडटिईकाे सामाग्री राष्ट्रिय सुरक्षाकाे लागि खतरा

[चीनले जासुसको रुपमा प्रयोग गरेको हुनसक्ने]

न्यूयोर्क । अमेरिकी फेडरल कम्युनिकेशन्स कमिशन (एफसीसी) ले चीनीयाँ कम्पनी हुवावे र जेडटिई कर्पोरेशनलाई लिएर राष्ट्रिय सुरक्षाको लागि खतरा भएको बताएको छ । 

एफसीसीले भनेको छ— यो कदम चीनीयाँ कम्पनीले अमेरिकी बजारलाई बाहिर गर्नको लागि गरिरहेको छ । कयौँ साना कम्पनी सरकारबाट अनुदान लिएर यी कम्पनीबाट सस्तो नेटवर्क इक्विपेन्ट खरीद गर्दथे तर अहिले यस्तो छैन । एफसीसीका अनुसार हुवावे र जेडटिई दुबै कम्पनीकाे चीनीयाँ कम्युनिष्ट पार्टी र चीनीयाँ सैन्य हतियार समुहसँग घनिष्ठ सम्बन्ध छ ।

एफसीका अध्यक्ष अजित पाईले ट्विटमा भनेका छन्— अमेरिकी सरकार र विशेष रुपले एफसीसी, चीनीयाँ कम्युनिष्ट पार्टीलाई अमेरिकाको कम्युनिकेशन नेटवर्कको कमजोरीलाई फाइदा उठाउने अनुमति दिन सक्दैन ।

उनले ट्विटमा एउटा पत्र शेयर गरेका छन् जसमा प्रमाणको आधारमा व्यूरोले हुवावे र जेडटिईले अमेरिकाको कम्युनिकेशन नेटवर्क र राष्ट्रिय सुरक्षाको लागि खतरा बताइएको छ । उनले एफसीसीको ८.३ बिलियन डलरको वार्षिक यूनिभर्सल सर्भिस फण्डको प्रयोग यो आपूर्तिबाट इक्विप्मेन्ट या सर्भिस खरीद गर्नको लागि गर्न सक्दैन, भनेका छन् । यो फण्ड सब्सिडीको एउटा कनेक्सन छ जसको माध्यमबाट अमेरिकी सरकार टेलिकम सर्भिससम्म पुग्न बढवा दिन्छ । अमेरिकाका अनुसार हुवावेको इक्विप्मेन्टलाई चीन जासूसी गर्नको लागि प्रयोग गर्न सक्दछ ।

हेर्नुहाेस् ट्विटः

 

गाउँ सहर डेस्क

तपाईँको मत