प्रेरणा

चीनले जुन डाक्टरको चेतावनी नजरअंदाज गर्यो, ताइवानले मानेर एलर्ट जारी गर्यो

[नतिजाः वुहानबाट ९५० किमी, तर कोरोनाको ४५० भन्दा कम केश]

काठमाडौँ । चीनको शहर वुहान जहाँबाट कोरोनाभाइरसको उत्पति भयो, त्यहाँदेखि ९५० किमीमा ताइवानको राजधानी ताइपे छ । वुहानबाट करिब १२ हजार किमीभन्दा टाढा छ न्यूयोर्क । जहाँ कोरोनाबाट मृत्युको संख्या एकलाख १२ हजार बढि छ भने संक्रमितको संख्या २० लाख नाघेको छ । चीनमा भाइरसका कारण मृतकको संख्या चार हजार ६३४ छ तर ताइवानमा केवल ४५३ केश र ७ जनाको मृत्यु मात्र भएको छ ।

खास कुरा यो छ कि कोरोनालाई रोक्नको लागि यहाँ पूर्ण लकडाउन गरेन सरकारले । केवल स्कूल कलेज र सार्वजनिक कार्यक्रममा मात्र रोक लगाएको थियो । त्यहिपनि केहि समयको लागि मात्र ।

तर, यो सब कसरी भयो ? यसको कारण हुन् ताइवानकी राष्ट्रपति साई इंग वेन । साई ताइवानकी पहिलो महिला राष्ट्रपति हुन् । साई मे २०१६ मा पहिलो पटक राष्ट्रपति भइन र जनवरी २०२० मा दोस्रोपटक । साईले तुरुन्त फैसला लिइन र कोरोनाजस्तो महामारीमा जित हासिल गरिन् ।

१. जुन डाक्टरको चेतावनी चेतावनी चीनले नजरअंदाज गर्यो, ताइवानले त्यसलाई मान्यो

डब्लूएचओका अनुसार, कोरोनाभाइरसको पहिलो संक्रमित ८ डिसेम्बरमा चीनको वुहान शहरमा पाइएको थियो । तर सो समय थाहा थिएन कि कोरोना नै हो भन्ने बारेमा । त्यहि भएर यसलाई निमोनियाको रुपमा हेरियो ।

डिसेम्बरमा वुहानको एक अस्पतालमा डाक्टर ली वेनलियांगले सबैभन्दा पहिले कोरोनाभाइरसको बारेमा बताए । तर चीनको सरकारले नजरअंदाज गर्यो र उनीमाथि अफवाह फैल्याएको आरोप पनि लगायो । पछि तिनको कोरोनाकै कारण मृत्यु भयो ।

सो समय ली को च्याटको स्क्रीन सट पनि भाइरल भएको थियो, जसमा उनले निमोनियाको जस्तै एक विरामीको बारेमा आग्रह गरेका थिए । सो समय सारा दुनियाँ नयाँ सालको खुसी मनाउने तयारीमा थियो, सोहि समय ३१ डिसेम्बरको साँझ ताइवानको सेन्टर फर डिजीज कन्ट्रोलले नयाँ विरामीलाई लिएर एलर्ट जारी गर्यो ।

२. जनवरीमा नै चीनबाट आउने र जाने उडानमा रोक लगाएको थियो

३१ डिसेम्बरमा चीनमा अचानक २७ मामला आएका थिए । त्यसपछि ताइवान सरकारले एडवाइजरी जारी गरेर वुहानबाट आउनेमा स्क्रीनिंग सुरु गर्यो । यसको साथै जोपनि पछिल्ला १५ दिनमा वुहानबाट फर्किएका थिए ति सबैलाई निगरानीमा राख्यो ।

ताइवानमा २१ जनवरीमा कोरोनाको पहिलो केश पाइयो । यसपछि यहाँको सरकारले वुहान जाने व्यक्तिको लागि ट्राभल एडभाइजरी जारी गर्यो र विना काम बाहिर नघुम्न अपील गर्यो ।

केश बढको देखेर सरकारले २६ जनवरीमै चीनबाट आउने र जाने सबै उडान रोक्यो । साथै चीनबाट फर्किनेलाई क्वारेन्टाइन गाइडलाइन जारी गर्यो ।

३. मास्कको कमी नहोस्, यसकारण एक्सपोर्टमा रोक लगायो, अड-इभन लागू गर्यो

मास्कको आवश्यकतालाई गम्भीरताका साथ लिँदै त्यसको एक्सपोर्टमा बैण्ड गर्यो । यो जूनसम्म बढाइदिएको थियो । त्यसपछि सरकारले ३ फेब्रुअरीदेखि अड-इभन फर्मूला लागू गर्यो ।

४. मास्क नलगाउनेलाई १५ हजार ताइवान डलर जरिवाना

ताइवानमा लकडाउन लागेन र यहाँ पब्लिक ट्रान्सपोर्ट चल्यो । सबैको लागि मास्क अनिवार्य गरियो । जसले मास्क नलगाई यात्रा गरेमा १५ हजार ताइवान डलर जरिवाना तोकियो ।

५. आफ्नो देशमा कमी नहोस्, यसकारण आत्मनिर्भर बन्यो

फेब्रुअरीमा देश र दुनियाँमा कोरोनाको केश बढेपछि सरकारले टोबैको एण्ड लिकर कर्पोरेशन र ताइवान सुगर कर्पोरेशनबाट प्रोडक्सन ७५ प्रतिशत बढाउने आदेश दियो ताकि सेनिटाइजेशनमा प्रयोग हुन सकोस् ।

मार्चमा सरकाले डिजिटल थर्मोमिटरको एक्सपर्टमा पनि रोक लगाइदियो । त्यहि महिना राष्ट्रपति साईले ताइवानको कम्पनीलाई पीपीई किटको मास प्रोडक्सन सुरु गर्न भन्यो ताकि अमेरिकाबाट इम्पोर्ट गर्नु नपरोस् ।

यतिमात्र होइन १ मे बाट यहाँको सरकारले हेण्ड सेनिटाइजर र डिसइन्फेक्टेंटको एक्सपोर्ट पनि बन्द गर्यो ।

मेहनतको फलः कयौँ देशले भने ताइवानी मोडल अपनाइने छ

यो ताइवानको सरकार र यहाँका नागरिकको मेहनतको नतिजा थियो कि चीनबाट यति नजिक भएर पनि ४५० भन्दा कम केश र १० भन्दा कमको मृत्यु भएको छ ।

क्यानडा ब्रोडकास्टिंग कर्पोरेशनले कोरोनासँग लड्नको लागि ताइवानको तारिफ गरेको छ । डेनमार्कका पूर्व प्रधानमन्त्री एंडर्स फोगले टाइम म्यागेजनिमा आर्टिकलको माध्यमबाट ताइवानको प्रशंसा गरिएको छ ।

जर्मनीकी फ्री डेमोक्रेटिक पार्टीकी नेता सैंड्रा बबेनडोर्फर लिचले पनि ताइवानको कामको प्रशंसा गरेकी छन् । साथै इजरायका प्रधानमन्त्री बेंजामिन नेतन्याहू र न्यूजील्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डन आर्डनले भनिन कि कोरोनासँग लड्न उनको सरकार ताइवानको मोडल अपनाउने छ ।

अमेरिकाको टाइम म्याजेजिनले पनि लेखेको छ कि कोरोनासँग लड्नको लागि ताइवानले अमेरिकाभन्दा उत्कृष्ट काम गरेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत