चीनमा पहिलो पटक काेराेनाभाइरसकाे संक्रमण शून्य
- एजेन्सी
- १० जेठ शनिबार, २०७७ | १५:५०:०० मा प्रकाशित
बेइजिङ । चीनमा गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने मार्चबाट भने संक्रमण तीव्र रुपमा घट्दै आएको थियो । तर समाचार संस्था रोयटर्सका अनुसार चीनमा बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ । यसमा विदेशबाट फर्किएका चिनियाँ नागरिक छन् ।
पछिल्लो समय चीनको पूर्वोत्तर सीमावर्ती जिलिन र हेइलोङजियाङ प्रान्त संक्रमणको इपिसेन्टरबन्दै गएको बताइएको छ । उद्गमस्थल वुहानमा पनि गत अप्रिल ८ तारिखबाट लकडाउन हटाइएको छ । तर यो महिना वुहानका केही ठाउँमा भने संक्रमित भेटिएका छन् । महामारी रोक्न भन्दै वुहानका एक करोड १० लाख व्यक्तिको परीक्षण भइरहेको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।
शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ७९ हजार ३ सय ३२ जना निको भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक सय ११ जना मात्रै अस्पतालमा उपचाररत रहेका छन् ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- १ हजार करोड खर्च गरेर अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्दै
- तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक
- बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान
- गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
- स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
- जलवायु परिवर्तन : विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित
- संयुक्त राष्ट्रसङ्घद्वारा इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त
- क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलायाे
प्रतिकृया दिनुहोस