विश्व

पश्चिम बंगालमा साइक्लोन आँधीले ७२ जनाको ज्यान लियो, हजारौँ घर ध्वस्त

  • एजेन्सी
  • ८ जेठ बिहीबार, २०७७ | २०:००:०० मा प्रकाशित

कलकत्ता । पश्चिम बंगाल र ओडिशामा बुधबार क्षतिपश्चात भीषण चक्रावती तूफान अम्फान अहिले थोरै कम हुन लागेको छ । पश्चिम बंगालको मुख्यमन्त्री ममता बनर्जीका अनुसार तूफानका कारण बंगालमा ७२ जनाको मृत्यु भएको छ ।

राज्यमा ५५०० घर नष्ट भएको, हजारौँ करोड रुपैयाँको नोक्सानी भएको छ ।

मुख्यमन्त्री बनर्जीका अनुसार यस्तो घटना अगाडि देखिएको थिएन । उनले भनिन्— प्रधानमन्त्री मोदीसँग अपिल गर्नेछु, आफैँ यहाँको हातल हेर्नुहोस् ।
 

एजेन्सी

तपाईँको मत