विश्व

‘वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन, देशभित्र मृत्यु हुनेको संख्या एकलाख नाघ्न सक्छ’

वशिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरसम्म कोरोनाको भ्याक्सिन तयार हुने बताएका छन् । उनले फक्स न्यूजको एक कार्यक्रममा आइतबार यो कुरा बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने, ‘हामी चाँडै भ्याक्सिन तयार गर्नेछौँ । यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्छ । हामी यसको लागि पूरै कोशिष गरिरहेका छौँ । हामी सप्लाई लाइन तयार गरिरहेका छौँ, यहासम्म कि हामीसँग फाइनल भ्याक्सिन पनि तयार छ ।’

उनले विशेषगरी जनसन एण्ड जनसनको नाम लिँदै कयौँ फर्मास्यूटिकल्स कम्पनी यसलाई तयार गर्न लागेको बताए । ट्रम्पले देशभित्र मृत्युको आंकडा पहिलेको अनुमानभन्दा बढी हुनसक्ने उनले बताए । उनले भने— यो भयानक छ, अब हामीमा एउटा मृत्यु पनि हुनु हुँदैन ।

एकहप्ता पहिले उनले कोरोनाबाट करिब ६० हजारको मृत्यु हुने अनुमान गरेका थिए । तर अहिलेसम्म अमेरिकामा ६८ हजार बढीको मृत्यु भइसकेको छ ।

तर भ्याक्सिनको तयारीलाई लिएर ट्रम र विशेषज्ञको बयान बाझिएको छ । स्वास्थ्य विशेषज्ञका अनुसार भ्याक्सिन अर्कोवर्षको जनवरीसम्म तयार हुन सक्छ । बजारमा पुग्न त कयौँ वर्ष लाग्न सक्ने उनीहरूले बताउँदै छन् ।

उता डब्लूएचओका अनुसार धेरै देशहरु यसको भ्याक्सिन तयार गर्न लागिपरेका छन । ब्रिटेनमा त क्लिनीकल ट्रायल पनि सुरु भइसकेको छ । यूरोपियन यूनियनले त यसको लागि अन्तर्राष्ट्रिय कार्यक्रमको नेतृत्व गर्ने घोषणा पनि गरेको छ ।

यसैबीच अमेरिकाका विदेशमन्त्री पोम्पियोले आइतबार कोरोनाभाइरस वुहानकै ल्याबमा तयार गरिएको बताएकी छन् । उनले दावीका साथ यो ठोकूवा गरेकी हुन् । उनले एबीसी न्यूजसँग कुरा गर्दै उनले भनिन्— विशेषज्ञपनि यो सोच्छन कि यो भाइरस मानव निर्मित हो । मसँग यस्तो कुनै कारण छैन कि म यो कुरामा विश्वास नगरौँ । 

योभन्दा पहिले शुक्रबार ट्रम्पले पनि यो भाइरसको कनेक्सन वुहान ल्याबसँग छ भनेर दावी गरेका थिए । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत