विश्व

भारतमा लकडाउन खुकुलो, सपिङ्ग मलबाहेक सबै पसल खुल्ने

  • एजेन्सी
  • १३ बैशाख शनिबार, २०७७ | ०९:४६:०० मा प्रकाशित

नयाँ दिल्ली । कोरोनाभाइरसको रोकथामको लागि लगाइएको लकडाउनले भारतमा एकमहिना पुरा गरेको । केन्द्र सरकारले विस्तारै विस्तारै यसमा छुट दिइरहेको छ ।

गृह मन्त्रालयले शुक्रबार राति एक आदेश जारी गर्दै शनिबारबाट सबै राज्य र केन्द्रशासित प्रदेशमा रजिस्टर्ड पसललाई केही शर्त राखेर खोल्ने अनुमति दिएको छ ।

मन्त्रालयले भनेको छ— यो छूट केवल ति दोकानलाई मिल्नेछ जुन नगर निगम र नगरपालिकाको सीमामा आउँदैन । शहरी क्षेत्रमा शपिङ्ग मल्स र कम्प्लेक्स अहिले खुल्दैन । तर नगर निगम र नगरपालिकाको सीमाभित्र आउने रेजिडेन्शियल कम्प्लेक्स र नजिकका दोकान भने खुल्नेछन् ।

गृह मन्त्रालयले आफ्नो आदेशमा केही शर्तपनि राखेको छ । उसका अनुसार, सबै दोकान सम्बन्धित राज्य÷केन्द्र शासित प्रदेशले स्थापना अधिनियमअनुसार रजिस्टर्ड हुनुपर्नेछ । यी पसलमा अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्र काम गर्ने छूट छ ।
 

एजेन्सी

तपाईँको मत