स्वास्थ्य

कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या एकलाख ८४ हजार नाघ्यो

काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या एकलाख ८४ हजार २ सय १९ पुगेको छ ।

वर्ल्डोमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार दुइसय १२ मुलुक तथा भूभागमा फैलिएको भाइरसको संक्रमण २६ लाख ३७ हजार ६ सय ८१ मा पुगेको र निको हुनेको संख्या सातलाख १७ हजार ७ सय ५९ पुगेको छ ।

अमेरिकामा मात्रै भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४७ हजार ६ सय ७६ पुगेको छ भने संक्रमित व्यक्तिको संख्या ८ लाख ४८ हजार ९ सय ९४ पुगेको छ ।

यस्तै अन्य बढी चपेटामा परेका मुलुकहरु, इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७ सय १७, फ्रान्समा २१ हजार ३ सय ४० र बेलायतमा १८ हजार एकसयको मृत्यु भएको छ ।

छिमेकी भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ सय ८१ र संक्रमित संख्या २१ हजार ३ सय ७० पुगेको छ । नेपालमा संक्रमित संख्या ४५ मा ७ जना निको भइसकेका छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत