स्वास्थ्य

भ्याक्सिन नआए सिजनल फ्लू बन्नसक्छ कोभिड-१९; हरेक वर्ष फर्कन्छ, २०२२ सम्म सामाजिक दूरी राख्नुपर्ने

काठमाडौँ । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरसले दुईमहिनामै विश्वभर फैलियो । एकलाख ५४ हजार बढीको ज्यान लिएको छ भने दुइसय १२ मुलुक तथा भूभागमा झण्डै २३ लाखमा संक्रमण फैलिसकेको छ । अमेरिकाजस्तो बादशाह मुलुक आज भाइरसका कारण रोइरहेको छ, अरुको त कुरै छाडौँ ।

केहिदिन पहिले अमेरिकाका कोरोनाभाइरस टास्कफोर्सका डा. एन्थोनी फाउचीले भनेका थिए जुन कुराको पुरै संभावना छ । उनका अनुसार, कोरोनाभाइरस सिजनल फ्लू अर्थात मौसमी विरामी भयो भने ? यस्तै विषय उठाएर साइन्स म्यागेजिनमा छापिएको हार्वर्ड यूनिर्भसिटीको अनुसन्धानमा पनि खुलेको छ । सो अध्ययनमा भनिएको छ— जबसम्म कोरोनाभाइरसको कुनै उपचार या भ्याक्सिन बन्दैन, तबसम्म यो महामारीको अन्त्य असम्भवप्रायः छ । उनका अनुसार बीना भ्याक्सिन या उपचारबेगर यो कोरोना सिजनल फ्लू बन्न सक्छ र २०२५ सम्म यो संक्रमण फैलने संभावना हुन्छ ।

कसरी सिजनल फ्लू बन्न सक्छ ?

कोभिड-१९, जो सार्स-कोभ-२ नामको कोरोनाभाइरसबाट फैलन्छ । कोरोनाभाइरस परिवारमा नै सार्स र मर्सजस्ता भाइरस हुन्छन् । सार्स २००२—०३ र मर्स २०१५ मा फैलिसकेको छ । यसको परिवारमा दुई ह्यूमन भाइरस पनि हुन्छ । पहिलो एचकोभ-ओसि४३ र दोस्रो एचकोभ-एचकेयू१ ।

सार्स र मर्सजस्ता महामारीबाट चाँडै छुटकारा मिलेको थियो । जबकी एचकोभ भाइरस हरेक साल जाडोको मौसममा मानिसलाई संक्रमित गर्न सक्छ । यो भाइरसको कारण जाडोको मौससमा मर्की हुन्छ ।

कुनैपनि रोगसँग लड्नमा शारीरिक प्रतिरोधात्मक प्रणाली नै मद्यतकारी हुन्छ । जति बढी प्रतिरोधात्मक क्षमता हुन्छ उतिनै रोगको खतरा कम हुन्छ ।

यदी सार्स पुनः दोहोरिए मानिसमा छोटो समयमै इम्यून सिस्टम विकसित हुन्छ । यही कारण हरेक साल हामीलाई सर्दी-जुकाम हुने गर्दछ ।

यस्तै सार्स कोभ-२ सँग लड्नको लागि प्रतिरोधात्मक क्षमता पनि छोटो समयको लागि रहेमा यो भाइरसले हाम्रो जीवनको हिस्सा बन्न सक्छ र हरेक वर्ष फर्कन सक्छ । अर्थात सिजनल फ्लू बन्ने सम्भावना हुन्छ ।

२०२५ सम्म रहन सक्छ यो विरामी

हार्वर्ड यूनिभर्सिटीको अध्ययनमा यो पाइएको छ कि कोभिड-१९ लाई लिएर इम्यूनिटी बनेपनि यो रोगलाई पूर्णतया समाप्त गर्न २०२५ सम्म लाग्नेछ । तर यो कुराको संभावना पनि कम नै छ किनकी एक्लै दक्षिण कोरियामा १११ व्यक्तिमा कोरोना ठिक भएको थियो, तर दोस्रोपटक संक्रमित भए ।

कोरोनासँग लड्नको लागि अधिकांश देशहरु लकडाउन र सामाजिक दूरी जस्ता तरिकाहरु अपनाइरहेका छन् । तर बैज्ञानिकका अनुसार लकडाउन बाट पनि कोरोनाको संक्रमण समाप्त हुँदैन । उनका अनुसार, लकडाउन लगाएर कोभिड-१९ लाई चौतर्फि फैलनबाट केहिदिन रोक्न सकिन्छ  तर लकडाउन खुलेसँगै फेरी संक्रमण फैलने गर्दछ । यसकारण कोभिड-१९ को कुनै प्रभावकारी भ्याक्सिन वा उपचार जबसम्म आउँदैन तबसम्म बच्ने एकमात्र उपाय हो— सामाजिक दूरी ।

हार्वर्ड यूनिभर्सिटीका लीड आर्थर स्टीफनका अनुसार कोभिड-१९ बाट बच्नको लागि हामीलार्य कमसेकम २०२० सम्म सामाजिक दूरी अर्थात सोसियल डिस्टेन्सिङ्ग कायम राख्नु पर्दछ ।

पूर्ण लकडाउन होइन, तर करिब डेढ वर्षसम्म केहिमा प्रतिवन्ध गर्नुपर्दछ 

अमेरिकाको स्टैनफोर्ड यूनिभर्सिटीका शोधकर्ता एरिन मोर्डेकाई भन्छिन्— १९१८ मा जब स्पेनिश फ्लू फैलिएको थियो, तब अमेरिकाका केहि शहरमा ३ देखि ८ हप्तासम्मा पावन्दीलाई अचानक हटाइदिएको थियो । यसको नतिजा रोग जताततै फैलियो । स्पेनिश फ्लूले ५० करोडभन्दा बढी व्यक्ति संक्रमित भएका थिए र ५ करोडको मृत्यु भएको थियो ।

एरिन अगाडि भन्छिन्— कोरोनाको डरले हामी हरेक वर्षको लागि पूर्णतया लकडाउन राख्नु जरुरत छैन तर १२ देखि १८ महिनासम्म हामीले केही कुरामा प्रतिवन्ध राख्नु जरुरी छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत