स्वास्थ्य

क्रमशः कोरोना हार्दै, सक्रिय घटनाभित्रका ४ प्रतिशतमात्रै गम्भीर

सिएनएन, फाइल तस्वीर ।

काठमाडौँ । कोरोनाको कहरले विश्व थलिएको यो समयमा खुसीका खबरहरु पनि आउन थालेका छन् । 

२ सय १२ मुलुक तथा भूभागमा फैलिएको कोरोनाभइरसले २१ लख ८२ हजार एकसय ८२ जनालाई संक्रमित बनाएको छ । यस्तै भाइरसका कारण एकलाख ४५ हजार ५ सय २१ जनाको मृत्यु भएको र निको भएर घर फर्किनेको संख्या ५ लाख ४७ हजार २ सय ९३ पुगेको वर्ल्डाेमिटर्स डट इन्फो कोरोनाभाइरसले जनाएको छ ।

२१ लाख ८२ हजार एकसय ८२ जना संक्रमितमा १४ लाख ८९ हजार ३ सय ६८ अहिलेका विरामी हुन् । जसमध्ये ५६ हजार ५ सय ८८ अर्थात ४ प्रतिशतमात्रै गम्भीर अवस्थामा छन् । 

यस्तै अन्य बन्द घटनामध्ये ६ लाख ९२ हजार ८ सय १४ मध्ये ५ लाख ४७ हजार २ सय ९३ जना अर्थात ७९ प्रतिशत डिस्चार्ज भएको र एकलाख ४५ हजार ५ सय २१ जनाको मृत्यु भएको इन्फोले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म भाइरसले अधिक चपेटामा पारेको अमेरिकामा ३४ हजार ६ सय १७ को मृत्यु, इटलीमा २२ हजार एकसय ७०, स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय २० र बेलायतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी भारतमा पनि ४ सय ४८ जनाको ज्यान गइसकेको छ । तर नेपालमा १६ मा संक्रमण मात्र देखिएको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत