गाउँ सहर

चीनपछि यूरोपका ९ देशले लकडाउन हटाउँदै; ईरानमा दुइतिहाई सरकारी कर्मचारी काममा फर्के, नेपालमा कहिले ?

[सरकारका मन्त्री नै शंकामा, उनकाे सम्पर्कमा नआउने काे हाेलान् ? लकडाउन बढ्ने संकेत्]

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको प्रकोप नफैलियोस भनेर लगाइएको लकडाउनले २२ दिनमा प्रवेश गरेको छ । सरकारले अवस्था हेरेर लकडाउन बढाउने र घटाउने बताउँदै आएको छ । छिमेकी भारतमा पनि लकडाउन छ र सोही कुरा दोहोर्याएको छ, उसले पनि । 

यसबीचमा लगभग अर्थतन्त्र ठप्प जस्तै छ । आर्थिक गतिविधिहरु स्वास्थ्य, उपकरण र अत्यावश्यकीय सामाग्रीकेन्द्रित मात्र छन् । सबैको आयआर्जन र विभिन्न आर्थिक क्रियाकलापहरु प्रायः शुन्य छन् । सबैलाई ज्यान बचाउनुकै चिन्ता छ । 

देशभित्र संक्रमितको संख्या जति बढ्दै गएको छ उतिनै चिन्ता थपिदिएको छ । सरकारपनि लकडाउन बढाएर भाइरसको संक्रमण फैलन नदिन सिक्स टी को अवधारणामा उत्रिएको छ । तर अवस्थालाई मध्येनजर गर्दै क्रमशः कम गर्दै लैजाने उसले बताइसकेको छ ।

अर्थव्यवस्थालाई सम्हाल्न अवस्था सहज हुँदै गए अर्ध्व र पूर्ण बजार तथा लकडाउन समाप्त गर्ने नेपाल सरकारले बताइरहेको छ ।

थप तीनकाे संक्रमणसँगै त्रास थपियाे, लकडाउन बढ्ने संकेत

नेपालमा थप तीनजनाको र्यापिड टेस्टिंगमा रिजल्ट पोजेटिभ आएसँगै र संक्रमित व्यक्ति मन्त्रीका आफन्त भएसँगै सबै ढ्याङ्ग्रो बजेको छ । अब मन्त्री र उनलाई नभेट्ने को होलान ? झनै तनाव थपेको छ देशीय बजारमा । अहिले राज्यका मन्त्री, सम्पूर्ण मन्त्रीपरिषद, उद्योगी, पत्रकार, अधिकारकर्मी, विद्यार्थी, श्रमिक तथा सम्पूर्ण भेटघाट हुनेमा चिन्ता थपेको छ ।

यदि संक्रमण पुष्टी भएमा र रिजल्ट पोजेटिभ देखिएमा सबैमा विकरालको अवस्थ आउने देखिएको छ । यसरी उच्च ओहोदाको प्रमाण राज्यपक्षबाट सहि आउन सकेन भने सम्झनुस् अवस्था झनै भयावह हुन सक्छ । सबैले सकारात्मक सोचौँ, सबैको राम्रो नतिजा आओस् । याे अवस्थाले पनि नेपालकाे लकडाउन छिट्टै अन्त्यहुने देखिँदैन, सबैकाे परीक्षण अपरिहार्य हुन्छ, एक जानकारले भने ।

अहिलेसम्म नेपालमा काेराेनाभाइरस पाेजेटिभ संक्रमित पुष्टी भएका १४ जना छन् । एकजना निकाे भएर घर फर्किसकेका छन् ।

यी १२ राष्ट्रकाे के छ खबर ?

केही यस्ता देश, अर्थतन्त्रलाई चलायमान बनाउनको लागि लकडाउन समाप्त गर्ने बताएका छन् । यी देशहरुमा सावधानी जताउँदै पब्लिक ट्रान्सपोर्ट, थिएटर, सुपर मार्केट आदि खोलिरहेका छन् । यसमा चीन, ईरान, डेनमार्क, अस्ट्रिया, डेनमार्क, चेक रिपब्लिक, नर्वे जस्ता देश छन् । यी देशमा लकडाउनमा गरिएको ढिलाइका फाइदा र नोक्सानी देखिन थालेका छन् ।

चीनमा लकडाउन खुलेपछि जनजीवन सामान्यतर्फ फर्किँदै गएको छ तर सामाजिक दूरीको नियम भने लागू नै छ । भाइरसको उत्पतिस्थल वुहानमा स्कूल खुलेका छन तर भिडभाड हुन नपाउने, कक्षामा दूरी राखेर ३० जनासम्म एउटा कोठामा पढ्ने, मास्क अनिवार्य, दिनमा तिनपटक ज्वरो नाप्ने व्यवस्था गरिएको छ । चीनमा सोमबार नयाँ १०८ केश आएको र त्यसमा २ जनाको ज्यान गएको छ ।

यस्तै अमेरिका सबैभन्दा बढी संक्रमित र मृतकदर भएपनि पूर्ण लकडाउन भने छैन । सामाजिक दूरी व्यवस्थापन गर्दै घरमै रहन सरकारले बताउँदै आएको छ । सुपर मार्केटहरु खुलेकै छ । अहिलेसम्म त्यहाँ २२ हजार बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या झण्डै ६ लाख पुग्न लागेको छ ।

उता हङ्कङ्गमा रोबोटले ट्रेनको सफाइ गरिन थालिएको छ । बीच खुला गरिएको छ भने खेल प्रतियोगिता सुचारु गरिएका छन् ।

उता रानमा राजधानी तहरानलाई छाडेर साना बिजनेश सेन्टर्स खोल्ने अनुमति दिइएको छ । सरकारी कर्मचारीहरुको दुइतिहाई प्रतिशत काममा फर्किसकेका छन् । अहिलेसम्म इरानमा ७१ हजार बढी संक्रमित छन भने ४४ सय बढीको ज्यान गइसकेको छ ।

यस्तै स्पेन जुन भाइरसबाट अर्को चपेटामा परेको मुलुक हो जहाँ १७ हजार बढीको मृत्यु भइसकेको छ । यही संकटबाट तंग्रिनको लागि पनि त्यहाँको सरकारले लकडाउन खोल्ने/खुकुलो बनाउने तयारी गरिरहेको छ ।

उता डेनमार्कमा १५ अप्रिलमा स्कुल खोल्ने तयारी गरिएको छ । तर यहाँ अहिलेपनि कडा प्रतिवन्ध छ । १० मे सम्म १० भन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम छ । अगस्टसम्म सम्पूर्ण चाडपर्व र ठूला समारोह गर्न प्रतिबन्ध छ । देशको सीमा सबै सिल गरिएको छ ।

यस्तै चेक रिपब्लिकले १२ मार्चदेखि सबैकुरा बन्द गरेको थियो । तर अप्रिल १४ बाट मास्क लगाएर एक्लै हिँड्न अनुमति मिल्नेछ । तर भेलाहुन रोक छँदैछ । हार्डवेयर स्टोर, रिपेयरिंग सेन्टर जस्ता पसल पनि बिहिबारबाट खुल्नेछन् । अत्यावश्यक भए अनुपति पाइन्छ । अहिलेसम्म त्यहाँ १३९ जनाको मृत्यु भइसकेको छ ।

उता अस्ट्रियामा १ मे बाट सबै दोकान, शपिंग सेन्ट, हेयरड्रेसर खुल्नेछ । मे को मध्यबाट रेष्टुरेन्ट र होटल पनि खुल्नेछ, तर चेतावनीसहितको । त्यहाँ भाइरसका कारण अहिलेसम्म ३६८ जनाको ज्यान गएको छ ।

नर्वेले लकडाउन खोल्न छुट्टै ढाँचा अपनाएको छ । यहाँ सबैभन्दा पहिले किन्डरगार्डेन खुल्नेछन् । त्यसपछि १ कक्षादेखि ४ कक्षासम्मको स्कूल खुल्नेछ । विस्तारै मे सम्म अन्य सँस्थान खोल्न दिने अनुमति मिल्नेछ । अहिलेसम्म त्यहाँ ज्यान गुमाउनेको संख्या १२८ छ ।

जर्मनीले बैज्ञानिक तवरले लकडाउन खेलिन र आधार तयार गर्ने बताएको छ । तर संक्रमणबाट मृत्यु हुनेको संख्या र संक्रमितको नयाँ केशमा कमी आएको छ । उसका अनुसार अहिलेसम्म ४० प्रतिशत आइसीयू बेड खाली भएका छन् । तिन हजार बढीले ज्यान गुमाएका छन् ।

स्वीटजरल्याण्डले लकडाउनबाट निस्कने विचार गरिरहेको छ । २६ अप्रिलसम्म सामाजिक दूरीमा कडाई गरेको छ । सरकारको संकेत अुनसार यो महिनापछि लकडाउनमा खुकुलोपना आउनेछ । अहिलेसम्म त्यहाँ मृतकको संख्या ११ सय नाघेको छ ।

उता आयरल्याण्डमा थिएटरमा फिल्म देखाउने र हेर्नेमा एक सीट छाडेर बस्न भनिएको छ ।

विज्ञ के भन्छन् ?
लकडाउन हटाउने वा लम्ब्याउने कुरा गर्दा अर्को देशबाट सिक्नु जरुरी हुने विज्ञ बताउँछन् । अक्सफोर्ड विश्वविद्यालयकका स्वास्थ्य विज्ञ डा. पिटर ड्रोबेकका अनुसार, देशबाट लकडाउन हटाउन कयौँ देशको लागि उदाहरण बन्न सक्छ । तर डब्लूएचओका यूरोप क्षेत्रीय निर्देशक डा. हंस क्लूले भने— लकडाउनमा राहत दिँदा खतरा बढ्न सक्छ । संसारका १० सबैभन्दा बढी प्रभावित देशमा ७ वटा यूरोपबाटै छन् । साथै लेंसेट जर्नलमा प्रकाशित एक अध्ययनमा बताइएको छ कि जबसम्म भ्याक्सिन बन्दैन तबसम्म लकडाउन पूर्णतया हट्नु हुँदैन ।

विशेषज्ञका अनुसार लकडाउन हटाउनुअघि निम्नकुरा सुनिश्चित हुनु पर्दछः

  • पहिलो— देशको संक्रमण कम हुनु पर्दछ ।
  • दोस्रो— देशको स्वास्थ्य हेरचाह प्रणाली सही हुनु पर्दछ ।
  • तेस्रो— देशमा धेरै मात्रामा परीक्षण र स्क्रीनिङ्ग हुनु पर्दछ ।

एजेन्सीको सहयोगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत