स्वास्थ्य

दुईसय १२ मुलुक तथा भूभागमा कोरोना, चार राष्ट्र बढी चपेटामा

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) अहिलेसम्म दुईसय १२ मुलुक तथा भूभाग (२१० देश २ अन्तर्राष्ट्रिय ढुवानी) मा फैलिसकेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा जानकारी अनुसार भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकलाख २ हजार ७ सय ३४ पुगेको छ । यस्तै संक्रमित संख्या १६ लाख ९९ हजार ६ सय ३१ पुगेका छन् भने निको हुनेको संख्या तीन लाख ७६ हजार ३ सय २७ पुगेको छ ।

भाइरसको चपेटामा इटलीपछि अमेरिका दोस्रोमा परेको छ । इटलीमा मृत्युसंख्या १८ हजार ८ सय ४९ छ भने संक्रमित संख्या एकलाख ४७ हजार ५ सय ७७ पुगेका छन् । यस्तै अमेरिकामा मृत्युसंख्या १८ हजार ७ सय ४७ छन भने संक्रमित संख्या विश्वकै सबैभन्दा बढी पाँच लाख २ हजार ८ सय ७६ पुगेको छ ।

यस्तै बढी चपेटामा परेको स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ भने फ्रान्समा १३ हजार एकसय ९७ जना र बेलायतमा आठ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत