प्रेरणा

भगवान शिवको व्यक्तित्वका यी पाँच गुण, तपाईंलाई नहार्ने योद्धा बनाउनेछ

काठमाडौँ । भगवान शिव जति सौम्य र शान्त छन, त्यतिनै क्रोधी पनि छन् । उनको व्यक्तित्व यस्तो छ जसलाई यदी हामी सम्झन सक्यौँ भने जीवनको सत्य नजिक पुग्न सक्छौँ । महाशिवरात्रीको यो पर्वमा तपाईं शिवलाई स्तुति गर्दै उनका धेरै प्रेरणा प्राप्त गर्न सक्नुहुन्छ ।

शान्त भएर आफैँलाई नियन्त्रण गर्नु

भगवान शिवभन्दा ठूलो अर्को योगी छैनन् । कुनै परिस्थितिसँग आफैँलाई टाढा राख्दै त्यसमा सफलता हासिल गर्नु सजिलो छैन । महादेव एक पटक ध्यानमा बस्दा संसार यताउता भएपनि उनको ध्यान कसैले पनि भंग गर्न सक्दैन । शिवको यो गुणले हामीलाई नियन्त्रण गर्न सिकाउँछ ।

नकारात्मकताबाट सकारात्मक बन्न

समुन्द्र मन्थनबाट जब विष बाहिर आयो, तब सबैले खुट्टा पछाडि सारे किनकी विष कोहीपनि पिउन सक्दैनथ्यो । यस्तो अवस्थामा महादेवले स्वयं विष पिए र त्यसलाई निलकण्ठ नाम दिए । यो घटनाले जीवनमा नकारात्मकता चिजलाई भित्र राखेर पनि जीवन सकारात्मकता बनाउन सकिन्छ ।

जीवनको हरेक अवस्थामा खुलेर जिउने

शिवको जीवनशैली होस वा उनको कुनै अवतार, उनी विल्कुलै अलग छन् । चाहे ताण्डव गर्दै नटराज, पिष पिउनेवाला नीलकण्ठ, अर्धनारीश्वर जुनसुकै रुपले पनि सही बाटो देखाउँछ ।

बाहिरी सुन्दरताको सट्टामा गुण चुन्ने

शिवको सम्पूर्ण रुप देखेर यो संदेश मिल्दछ कि हामी जुन चिजलाई आफ्नो नजिक हेर्न सकिँदैन, त्यसलाई सहज अपनाउनुहोस् । उनको विवाहमा भूतको मण्डली पुगेका थिए । त्यहिँ शरीरमा भूत लगाई भोलेनाथले गलामा सर्प लगाएका छन् । नराम्रो कसैमा छैन जनु हाम्रोलागि ठूलो सन्देश हो ।

आफ्नो प्राथमिकता बुझ्नु

भगवान शिव जहिल्यै आफ्नो प्राथमिकतालाई ध्यान दिन्थे । उनले आफ्नो पत्नीसँग प्रेम र सम्मानलाई सबैभन्दा माथि राख्दै आफ्नो मित्र र भक्तलाई उचित स्थान दिए ।
 

गाउँ सहर डेस्क

तपाईँको मत