विश्व

‘उनलाई उडान नभर्नको लागि भनेको थिएँ तर मानेनन्’

कीव । इरानमा युक्रेनको विमान दुर्घटनाहुँदा पाइलट वोलोडिमिर समेत १७६ यात्रुको मृत्यु भएको थियो । पाइलटकी पत्नी कैटलीना गैपोनेंले शुक्रबार भनिन कि उनले अन्तिम कुराकानीमा पतिसँग विमान नउडाउन अपील गरेकी थिइन् । तर, उनले मानेनन् । मैले नमान्दा उनले भनेका थिए कि हामी पछाडि हट्न सक्दैनौँ, यदी यो मैले गरिन भने अरु कसैले पनि गर्दैन ।

कैटलीनाले भनिन्, “म अमेरिका र इरानबीच भइरहेको तनावलाई लिएर चिन्तित थिएँ । त्यो दिन मलाई आफ्नो पतिको पनि चिन्ता भइरहेको थियो । त्यो समय मेरो मन डराइरहेको थियो । मेरो पतिले दुई देशको तनावले उडान स्थगित हुने आशा गरेका थिए । मैले उनलाई रोकिनको लागि भने, तर पेशेवर र अनुभवी पाइलट वोलोडिमिर आफ्नो यात्रीलाई निराश गर्न चाहँदैनथिए । वोलोडिमिरले ७ जनवरी बोइङ्ग ७३७ लाई कीवदेखि तेहरान उडाए ।”

छोरीहरु पिताको पर्खाइमा
कैटलीना र वोलोडिमिरको ६ र ११ वर्षका दुई छोरी छन् । कैटरिनाले भनिन्, “बच्चिहरुले सोच्नै सकेनन कि यस्तो कसरी भयो । उनीहरुलाई अहिले पनि आशा छ कि उनका पिता फर्कनेछन भनेर । मलाई आफ्नो पतिप्रति गर्व छ ।” उनले यो पनि भनिन्, “हामी जान्दथ्यौँ अमेरिका र इरानबीच तनाव छ, बावजूद एयरलाइनका अधिकारीले विमान उडाउने इजाजत किन दियो ? यो एक गम्भीर प्रश्न छ ।”

घटनामा ८२ इरानी र ६३ क्यानडाली नागरिकको मृत्यु
७ जनवरीको राति विमान बोइङ्ग ७३७-८०० उडान भरेको ३ मिनेटपछि इमाम खोमैनी एयरपोर्टबाट थोरै टाढा क्र्यास भएको थियो । मृतकमध्ये ६३ क्यानडाली नागरिक सामेल थिए । यसको अलवा ८२ इरानी, ११ यूक्रेनी, १० स्वीडिश र जर्मनी-ब्रिटेनका ३-३ जना नागरिक दुर्घटनामा मारिएका थिए ।

इरानले गल्ती स्वीकार्यो, दुर्घटना होइन मिसाइल आक्रमणबाट झर्यो विमान
इरानले शनिबार काबूला सैनिकले भूलवस यूक्रेनको यात्री विमानलाई निशाना बनायो । सरकारले मानवव्य भूल बताएको छ । योभन्दा पहिले इरानले अस्वीकार गर्दै आएको थियो । शुक्रबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र ब्रिटिश पीएम बोरि जोनसनले खुफिया सुत्रको हवाला दिँदै दावी गरेका थिए कि विमान इरानको मिसाइल ठोकिनाले दुर्घटनाग्रस्त भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि यो दुर्घटना होइन । केही त गलत भएकै छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत