विश्व

टुन्जी मिस यूनिभर्सः र्‍याम्पमै लडिन मिस फ्रान्स, भनिन- महिलाको जीवनमा लडेर उठ्नु महत्वपूर्ण

अटलांटा । अमेरिकाको अटलांटामा मिस यूनिभर्स २०१९ प्रतियोगिताको समयमा बिकनी राउण्डमा कयौँ प्रतियोगी स्टेजमा लडे । उनको यो घटना अहिले सामाजिक सञ्जालमा भइरल बनेको छ ।

फ्रान्सको प्रतिनिधित्व गरिरहेकी मिस माएवा कूच पनि र्‍याम्पमा लडिन् । उनले इन्स्टाग्राममा आफ्नो भिडियो शेयर गरेकी छन् । माएवाले लेखेकी छन्, ‘यसले मलाई यो शिक्षा प्राप्त भएको छ कि लडेर उठ्नु नै महिलाको जीवनमा सबैभन्दा महत्वपूर्ण छ ।’

मिस उरुग्वे, मिस इंडोनेशिया, मिस मलेशिया, मिस न्यूजिल्याण्ड, मिस माल्टा पनि र्‍याम्पको दौरान डगमगाएका थिए । तर मिस फ्रान्सले आफ्नो सन्तुलन गुमाइन् । यो घटनापछि पनि मिस फ्रान्सको आत्मविश्वास कम भएन । उनी लडेपछि हाँस्दै उठिन र ताली बजाउँदै जजको नजिक देखिइन्, फेरी फर्किइन् । उनको यो आत्मविश्वासलाई ठूलो संख्याले तारिफ गरिरहेका छन् ।

दक्षिण अफ्रीकाकी जोजिबिनी टुन्जी मिस यूनिभर्स

६८औँ मिस यूनिभर्सको ताज दक्षिण अफ्रीकाकी जोबिबिनी टुन्जीले जितेकी छन् । प्यूर्टो रिकोकी मैडिसन एंडरसन फर्स्ट रनर-अप भइन भने मेक्सिकोकी सोफिया अरागन सेकेण्ड रनर-अप भइन् । यो प्रतियोगितामा ९० देशले प्रतिनिधित्व गरेका थिए । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत