खेल

साग यात्राकाे आरोह-अवरोह : चार देखि अर्धशतकसम्मकाे ‘गोल्डमेडल’

काठमाडाैं । आगामी संस्करणमा पाकिस्तानमा भेट्ने वाचा गर्दै १३औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य समापन गरिएको छ । दशरथ रंगशालामा मङ्गलबार साँझ नेपाल र भुटानबीचको पुरुष फुटबल फाइनल खेलसँगै विशेष समारोहबीच सागको भव्य समापन गरिएको हो ।

दक्षिण एशियाली देशका लागि साग प्रतियोगिता निकै चासोकासाथ  हेरिन्छ । पहिलाे संस्करण नेपालबाट सुरु भएको सागको १३ औं संस्करण पनि नेपालमै मंगलबार समापन भएकाे छ । इतिहासकै धेरै स्वर्ण जितेर नेपालले नयाँ इतिहास पनि रचेकाे छ ।

काठमाडाैं, पाेखरा र जनकपुरमा भएकाे सागका खेलमा नेपाली टोलीले यसपटक अहिलेसम्मकै धेरै स्वर्णकाे अपेक्षा गरेकाे गरेका पनि थियाे । अपेक्षा गरेकाे स्वर्ण जितेकाे पनि छ । 

यो सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले लक्ष्य पूरा गर्दै ५१ स्वर्ण चुम्न सफल भएको हो ।

सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण जित्यो । पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्ण संख्या ५१ पुगेको हो ।

साग इतिहासमा नेपालले ५० भन्दा बढी स्वर्ण जितेको पहिलो पटक हो । सागमा भारत पहिलो बन्यो भने नेपाल ५१ स्वर्ण सहित दोस्रो बन्यो । नेपालका मुख्य तीन शहरमा १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २६ खेलमा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । सागमा कुन ३ सय १६ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो

तेस्राे पटक घरेलु भूमीमा भएकाे सागमा खेलकुद पदाधिकारीले यसपटक कीर्तिमानी पदक जित्छ भन्ने भाषण नै गरेका थिए । धन्न उनीहरूकाे भाषण यथार्थमा परिणत भयाे पनि ।

सागको ३५ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा बढी स्वर्ण जितेर कीर्तिमान समेत बनायो । पछिल्ला बाह्र संस्करणमा ७१ स्वर्ण जितेको नेपालले सागको एकै संस्करणमा ५१ स्वर्ण जितेर खेलकुदमा नयाँ ऊचाई समेत पायो ।

२० वर्षपछि नेपाल साग पदक तालिकामा पुनः दोस्रो स्थानमा रहन सफल भयो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य गरी कुल २०६ पदक जितेर दोस्रो स्थानमा रहन सफल भयो ।

भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ काश्य प्राप्त गरी दक्षिण एसियामा आफ्नो वर्चश्वतालाई निरन्तरता दिदा श्रीलङ्काले ४० स्वर्ण, ८३ रजत र १२८ काश्यसहित कुल २५१ पदक ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।

पाकिस्तान भने ३१ स्वर्ण, ४१ रजत र ५९ काश्य गरी कुल १३१ पदक प्राप्त गर्यो । बङ्गलादेश १९ स्वर्ण र माल्दिभ्सले एक स्वर्ण प्राप्त गर्दा भुटान स्वर्णविहीन हुन पुग्यो । उसले सात रजत र १३ काश्य प्राप्त गर्‍यो ।

सन् १९८४ मा काठमाडौमा भएको पहिलो सागमा नेपालले पाँच खेलमा सहभागिता जनाउँदा चार वटामा नै स्वर्ण जितेको थियो । तर समय र खेल विधा बढदै जाँदा सातौं संस्करणसम्म नेपालको सागमा प्रदर्शन घट्दो क्रममा रह्यो । जब नेपालले आठौँ संस्करण आयोजना गर्‍यो त्यो बेला सागका इतिहासमा अहिलेसम्मकै धेरै ३१ स्वर्ण हात पारेको थियो ।

त्यसबेला नेपाललाई धेरै स्वर्ण तेक्वान्दो र कराँतेले दिलाएका थिए । सागको इतिहासमा पहिलो पटक पदक तालिकामा दोस्रो बनेको नेपाल त्यसपछि चौथो र पाँचौमा नै चित्त बुझाउन बाध्य भयो । अघिल्लाे संस्करणमा नेपालले मात्र तीन स्वर्ण हात पार्‍यो । कुल ६० पदक जितेकाे नेपाल बरियतामा छैटाैं स्थानमा रह्याे ।

नेपालले पहिलो संस्करणमा चार स्वर्ण पदक जितेको थियो । यस्तै दोस्रोमा एउटा मात्र स्वर्ण पदक जितेको थियो ।  तेस्रो,चौथो, पाँचौ र छैठौंमा क्रमशस् दुई, एक, दुई र एक स्वर्ण पदक जितेको थियो ।

तर, सातौं संस्करणमा भने नेपालले ४ स्वर्णपदक जित्न सक्यो । 

स्वर्ण पदकमा सबैभन्दा ठूलो सफलता नेपालले आठौं संस्करणमा पायो । यो स‌ंस्करणामा नेपालले कुल ३२ स्वर्ण जित्‍न सक्यो । तेक्‍वान्दोले मात्र यो संस्करणमा १४ स्वर्ण जितेको थियो । 

यस्तै नवौं, दशौं, एघारौ‌ र बाह्रौंमा क्रमश सात, पन्ध्र, आठ र तीन स्वर्ण जितेको थियो । 

यसपटक घरेलु मूमीमा हुने सागमा नेपालबाट कूल ५ सय ९६ खेलाडीले सहभागिता जनाएका थिए । जसमा २७ खेलमा ३ सय ९ पुरुष र २ सय ८४ महिला खेलाडी थिए ।

 

गाउँ सहर डेस्क

तपाईँको मत