महागुरु फाल्गुनन्द : पूर्वीय समाज सुधारक
- गाउँ सहर डेस्क
- २५ कार्तिक सोमबार, २०७६ | ०७:४१:०० मा प्रकाशित
नेपालका १६ औँ राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दको १ सय ३५ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। पूर्व, भारतको सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष पूजा आरधना गरी फाल्गुनन्द जयन्ति मनाइँदै छ।
पूर्वको लिम्वुवानी समाजकका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता ,ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ। नेपालका सोह्रौं राष्ट्रिय विभूति रहेका फाल्गुनन्दले धार्मिक प्रचलन निर्माणको काम गरेकोले महागुरु समेत भन्ने गरिन्छ।
उनीसँग जोडिएका विभिन्न किन्वदन्तीसमेत पाइन्छ। झट्ट सुन्दा अचम्म लाग्ने खालका काम पनि उनले गरेका उनीसँग अद्भूत दैविक शक्ति रहेको विश्वास गरिन्छ। अध्यात्मिक क्षेत्रको विकासमा अमूल्य योगदान गरेका फाल्गुनन्दले पूर्वीय समाजको सुधारका लागि सात बुँदे सत्य धर्म मुजुल्का समेत बनाएका थिए।
वि. सं. १९४२ साल कातिक २५ गते जन्मिएका फाल्गुनन्दको जन्म जयन्तिको अवसरमा पाँचथरको लोबे्रकुटी, सिलौटी, इलाको लारुम्बा, झापाको दमक, तेह्रथुमको अठाराई, धनकुटा, ताप्लेजुङ लगायतका ठाँउमा विभिन्न कार्यक्रम राखिएका छन्। समाज सुधारक महागुरुको सम्झाना गर्दै किरात बाहेकका जातिहरुले पनि जयन्ति मनाउँदै छन्।
इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए। उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ।
फाल्गुनन्दले इण्डियन लाहुरे बनेर युद्ध पनि लडेका थिए। उनले ८ वर्षको उमेरमै दैविक शक्ति प्राप्त गरेका बताइन्छ। युद्धबाट फर्किएर ध्यान, कर्म तथा धार्मिक सांस्कृतिक सुधारमा लागेको भन्ने भनाइ छ। उनले सिलौटी ,लव्रेकुटी क्षेत्रलाई कर्म थाले बनाएर ज्ञान लिने र बाँड्ने काम समेत गरे।
नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको थियो। लिम्बू समुदायको संस्कारको सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा उनको मृत्यु भएको थियो।
करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए। उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ। साथै, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ। प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले कात्तिक २५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कात्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुनन्द जयन्ती मनाउने गर्दछन्।
साथै, राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।
किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिएकी छन् ।
फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएकामा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छन्। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस